शम्भु पण्डित
हुलाकी न्यूज,जनकपुरधाम : धनुषाको सबैला नगरपालिका स्थित बिगत ११ बर्षदेखी संगठित इन्जिनियरहरुको संगठन मेका इन्जिनियरिङ समाजले आज शनिबार उद्घाटन तथा साधारण सभा सम्पन्न गरिएको छ।
बिश्वभरी छरिएर रहेका सबैला नगरपालिका भरिका इन्जिनियर एवं ओभरसियरहरुलाई एकतिर पार्दै संगठित भएका मेका इन्जिनियर समाजको पहिलो साधारण सभा एवं उद्घाटनलाई स्वागत मन्तव्य राख्दै मेका इन्जिनियरिङ समाजका सचिब सत्रुधन साहले कार्यक्रमलाई अगाडि बढाएका थिए।
साधारण सभाबाट नव निर्वाचित पदाधिकारीहरुलाइ संस्थापक सदस्यहरुले फुलमाला अबिर सहित शुभकामना दिएका थिए भने मेका इन्जिनियरिङ समाजकाे आयोजना गरेको सम्मान कार्यक्रमबाट बिधार्थिहरुलाइ प्रमुख आतिथ्य गरिरहेका मन्त्री जितेन्द्र सोनलले सम्मान गरेका थिए।
बौद्धिक,ब्यापारीक तथा धार्मिक ईतिहास बोकेका सबैला नगरपालिकाभरिमा मात्रै ५० इन्जिनियर तथा २०० ओभरसियर गरि ३०० टेक्निकल दक्षता रहेका नगरपालिकामा बिकास निर्माणका काम हुदा दक्ष हुन नसकेको भन्दै भबिष्यतमा आउने ठूलो ठुलो योजनाहरुको DPR प्रस्तुत गर्दै काम दीर्घकालीन गर्न समेत कार्यक्रममा उपस्थित नगरप्रमुख बिजयशंकर साहलाइ मेका इन्जिनियरिङ सेवा समाज आग्रह गरे।
नगरपालिका भित्रै जर्जर अवस्थामा रहेका काठमहल पोखरी,बिच गाउँ भएर बग्दै गरेको खोला,निर्माणाधीन प्राथमिक अस्पताल,खानेपानी टंकि लगायत सप्तेश्वरनाथ महादेव मंदिर सहित अन्यको समेत कार्य योजना बिस्तार गर्दै स्थानीय सरकार,प्रदेश सरकार एवं संघिय सरकारले सहयोग गरे सौन्दर्यात्मक बनाउने समेत मे.इ.सले अठोट गरे।
कार्यक्रममा उपस्थित प्रदेस सांसद किशोरी साह कमलले मेका इन्जिनियरिंग समाजलाइ अगामी दिनमा नगरभित्र मात्र नै प्रदेश स्तरिय नै बिस्तार गरे भविष्यका टेक्निकल बिद्यार्थीहरुको लागि एक प्लाटफोर्म तयार हुने बताए।
स्थानिय सरकार आएदेखी माथिदेखी तलसम्म बिकास निर्माणका काम होस या शिक्षा,स्वास्थ्य,बिकासका पुर्वाधार मेरुदण्ड कमजोर भएको भन्दै शिक्षित युवाहरुको सांगठनिक रुप एक भएर अग्रसर भए मात्र सुधार हुने भौतिक पुर्वाधार तथा बिकास मन्त्री जीतेन्द्र सोनलले बताए।
कार्यक्रममा प्रदेश सांसद परमेश्वर साह,भौतिक पुर्वाधार तथा बिकास मन्त्री जीतेन्द्र सोनल,प्रदेश सांसद किशोरी साह,जसपा नगर संयोजक रामचन्द्र जयसवाल,सबैला नपाको मेयर बिजय शंकर प्रसाद साह,उपमेयर निलु कापर,जसपा केन्द्रिय सदस्य संजय सिंह लगायत युवा राजनीतिकर्मी,पत्रकार एवं बिधार्थिहरुको सहभागिता रहेको थियो।
साे कार्यक्रम मेका इन्जिनियरिङ समाजकाे अंध्यक्ष ई. राकेश प्रसाद जयसवाल,
वरिष्ठ उपाध्यक्षमा ई. सुनिल कुमार पूर्व,
उपाध्यक्ष ई.राजेश कुमार महतो ,सचीव ई. सत्रुन साह ,सह सचिव ई राेशन यादव,
कोसाध्यक्ष ई विरेन्द्र महता,सदस्य लगायत
स्टेन्द्र यादव,सुभाष महताे,दिपन्द्र राय,राजीव कापड,राम भरोस यादब बरिस्ठ इन्जिनियरिङ बुद्धिजीवी लगायत उपस्थिति रहेको थियोे ।




