हुलाकी न्यूज, नेपालगञ्ज ३० कार्तिक । छठ पछि नेपाल सरकारले मधेशको माग पुरा नगरे दुई साता भित्र स्वतन्त्र मधेश घोषणा हुने पूर्वमन्त्री इस्तियाक राईले चेतावनी दिएका छन् ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यसमेत रहेका राईले स्थानीय सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकारले तत्काल मधेशको माग पुरा नगरे मधेश स्वतन्त्र हुन समय नलाग्ने औल्याए ।

राईले भने, ‘२ सातापछि सरकारबाट जस्तो सुकै चौनौती आएपनि त्यसको सामना गर्न मधेशी समुदाय तयार छन् । दुई सातामा मधेश स्वतन्त्र भएको घोषणा पनि हुन सक्छ ।’

उनले दुईसाता पछि नेपाल र मधेशबीच सशस्त्र क्रान्तीको सम्भावना बढी रहेको भन्दै नेपाल सरकारलाई सचेत रहन आग्रहसमेत गरे । डा.सीके राउतले उठाएको माग जायज रहेको भन्दै मधेशका युवाहरु मधेश देशका लागि सशस्त्र सघर्षको लागि पनि तयार भई सकेको बताए ।

2 COMMENTS

  1. Madhesiyouth.com UNMIN Official Documents – Peace Process: 22- Point Agreement Between GoN and MJF [.pdf] [in English] – Translated by UN Mission in Nepal (UNMIN)
    8-Point Agreement Between GoN and UDMF [.pdf] [in English] – Translated by UN Mission in Nepal (UNMIN) . If Nepal govt. do not want to accept the agreement with madheshi morcha , then 12-point Peace agreement and all agreements with maoist should be rejected also .

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.