जनकपुरधाम, ३० गते कातिक

नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य राजीव झाले नेपालको मधेशमा भईरहेको आन्दोलनका क्रममा भएको नाकाबन्दीका सम्बन्धमा भारतीय काँग्रेसलाई समेत जानकारी गराई आफुहरुलाई सहयोग गर्न आग्रह गरेको बताउनु भयो । हुलाकी न्युज संग कुरा गर्दै उहाँले अहिलेको अवस्थामा नाकाबन्दीका क्रममा मोदी सरकारलाई विरोध नगरी डेढ करोड मधेशी जनताको अवस्था र यहाँका जनतालाई भारत संगको सम्बन्धका बारेमा बुझेर सहयोग गर्न आग्रह गरेको बताउनु भयो ।
एक साता दिल्ली भ्रमणका क्रममा पार्टी अध्यक्ष अनिल झा संग गएका झाले भारतीय काँग्रेसका प्रवक्ता मनिष तिवारी संग भेट गरी नेपालको वर्तमान नाकाबन्दीका क्रममा मोदी सरकारको विरोध नगरी मधेशी जनतालाई सहयोग गर्न गरेको आग्रहलाई उहाँले स्विकार गरेको बताउनु भयो ।
उहाँले नेपालको मामिलामा विगत देखि आएको सहयोगलाई जारी राख्ने आग्रह गर्दै नेपालको मधेश क्षेत्र तथा भारतको सिमावर्ती क्षेत्रमा रहेको बेटीरोटीको संबन्धनलाई बर्तमान संबिधानले नागरिकता विधेयकमा कटौती गरी मधेशी मधेशी जनता संग बैमानी गरेकोले आफुहरुको आन्दोलनलाई समर्थन गर्न आग्रह गरेको बताउनु भयो ।
भेटकै क्रममा भारतीय काँग्रेसका प्रवक्ता रासिद अलवीले पनि जारी मधेश आन्दालनलाई निष्कर्षमा पुर्याउन आफुहरुको सहयोग जारी रहने बताउदै आन्दोलनलाई उत्कर्षमा पुर्याउन आफुहरु समेत सक्रिय रहन सक्ने बताएको झले हुलाकी न्युजलाई बताउनु भयो ।
यो भन्दा पहिला भारतको राजधानी नयाँदिल्ली स्थित इण्डिया इन्टरनेशनल सेन्टरमा कातिक २४ गते सम्पन्न नेपालको नयाँ समावेशी संविधानको संस्थागत विकास र सो वारेको आमजनधारणा विषयक कार्यक्रममा कार्यक्रमको कार्यपत्र प्रस्तोता उद्धव प्याकुरेलले नयाँ संविधानमा नागरिकता, संघीयता, समावेशिकरण र समुचित प्रतिनिधित्व, नेपाली राष्ट्रियता र स्वाभिमानको रक्षा, उच्चपदस्थ पदाधिकारीहरुको नागरिकता सम्बन्धि व्यवस्था संसारकै उत्कृष्टतम् भनिएका संविधानहरु भन्दा पनि राम्रो भएको र त्यसको समर्थन भारतले गर्नुपर्ने सम्बन्धि आफ्ना ६ पृष्ठ लामो अंग्रजी भाषाको अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।
सो कार्यपत्र माथी टिप्पणी गर्दै नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले लगातार ८९ दिन देखि जारी मधेशी जनताको तेश्रो मधेश आन्दोलनलाई सम्बोधन नगरिए मधेश आन्दोलन नरोकिने स्पष्ट गर्दै दिल्लीलाई होईन त्यस्तो उत्कृष्ट संविधान बनाइएको छ भने सो संविधान लिएर मधेशमा जान र मधेशी जनतालाई सन्तुष्ट पार्न हिम्मत गर्न सक्नु पर्ने तथ्य स्पष्ट पार्नु भयो । मधेशी जनताको अथक र निरन्तरको हिम्मत, साहस, योगदान र बलिदानको बलमा आन्दोलन जारी रहेकोले कसैले कसैसंग स्वरमा स्वर मिलाउदैमा आन्दोलन नरोकिने बरु मधेशी जनताको थप रगत बग्न सक्ने, देश र मधेशलाई अपुरणीय छति हुनसक्ने पक्षप्रति गंभिरताका साथ ध्यान दिन वहाँले सुझाव दिनु भयो ।




Madhesiyouth.com UNMIN Official Documents – Peace Process: 22- Point Agreement Between GoN and MJF [.pdf] [in English] – Translated by UN Mission in Nepal (UNMIN)
8-Point Agreement Between GoN and UDMF [.pdf] [in English] – Translated by UN Mission in Nepal (UNMIN) . If Nepal govt. do not want to accept the agreement with madheshi morcha , then 12-point Peace agreement and all agreements with maoist should be rejected also .