हुलाकी न्यूज, काठमाडौं १७ भदौ । लण्डनमा रहेको मधेशीहरुको संगठन एशोसिएशन अफ नेपाल मधेशी इन यूके(एनमुक)ले मधेशमा भइरहेको आन्दोलनका साहदत प्राप्त गरेकाहरुको परिवारहरुलाई आर्थिक सहयोग गर्ने भएको छ ।
पहिलो चरणमा एनमुकले सप्तरीको भारदहमा प्रहरीको गोलीबाट मारिएका राजिव राउतको परिवारका लागि ६० हजार नेपाली रुपैयाँ उपलब्ध गराएको छ ।
एनमुकका अनुसार केही दिनभित्रै राउतका परिवारलाई उक्त रकम हस्तान्त्रण गरिनेछ ।
एनमुकले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार मधेश आन्दोलनमा साहदत प्राप्त गरेका अन्य सहिदका परिवारलाई पनि तत्काल सहयोग उपलब्ध गराईनेछ ।



