हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाममा नयाँ बर्ष २०७८ को पहिलो दिन पहिलो वृक्षारोपण कार्यक्रम सम्पना गरियो।
जनकपुरधाम वार्ड न १७ तेतरियामा नयाँ बर्ष २०७८, जुडशितल र रमजानको शुभकामना आदानप्रदान तथा क्रिकेट टुर्नामेन्टको शुभारम्भ एक साथ गइयो।
यस शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री मा.लालबाबु राउत तथा योजना आयोगको उपाध्यक्ष प्रा.डा भोगेन्द्र झा, मुख्य न्यायधिबक्ता दिपेन्द्र झा,स्वच्छता अभियानी तथा प्रदेश सभा सदस्य माननीय राम आशिश यादव,प्रा.डा सोनफी यादव, जनकपुरधाम उधोग वाणिज्य संघको नवनिर्वाचित उपाध्यक्ष अम्भु प्रसाद साह. युवा अभियानीहरु समेतको बिशेष उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा स्थानीय जेष्ठ नागरिकहरुलाई फूलमाला र गम्छा लगाएर सम्मान, माटोको टिका एक अर्कालाई लगाएर शुभकामना आदानप्रदान गरी माटो, पानी, जैविक विविधता र पर्यावरण संरक्षणमा महत्वपूर्ण भूमिका रहने रुख संरक्षण गर्न आवश्यक भएकोले बर, पिपल, नीम र गोल्डमोहरको विरुवा समेत रोपण गरीएको छ। तत्पश्चात माननीय मुख्यमन्त्री, मुख्य न्यायधिबक्ता  र माननीय राम आशिष यादवले संयुक्त रुपमा क्रिकेट टुर्नामेन्टको शुभारम्भ गर्नुभएको थियो ।
उक्त बर पिपल र पाखरको विरुवाहरु केही समय अघि दिब्यांग अवस्थाबाट उद्धार गरी गमलामा राखेर पुनर्स्थापना गरेकोमा आज उक्त ३ वटै विरुवाहरुको अतिरिक्त निमको ३, गोल्डमोहर र भलसरीको १/१ गरी जम्मा ८ गोटा विरुवा रोपण र कटहरको १० गोटा विरुवा बितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.