हुलाकी न्यूज,जनकपुरधाम : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा जारी तेस्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीहरुको खेल समापन भएपछि बाहिर निस्कने क्रममा ढोकामा एकजना विद्यार्थीमाथि कुटपीट गरिएको छ ।

त्यस कुटपिटबाट क्षीरेश्वरनाथ नगरपालिका वडा नं.९ ईच्छापुरका १६ वर्षीय विद्यार्थी उमेश दास घाइते भएका छन् । घाईते विद्यार्थी दासको महेन्द्रंनगरस्थित हेल्थ केयरमा उपचार भईरहेको विद्यालयका एक शिक्षकले बताएका हुन् ।

विद्यार्थी दासको टाउको फुटेको र ४ वटा टाँका लगाइएको छ भने क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित क्षीरेश्वर उच्च माध्यमिक विद्यालयका खेल मैदानमा भईरहेको तेस्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा ईच्छापुर माविका विद्यार्थीहरु राम्रो खेल प्रर्दशन गरेर प्रथम स्थान ल्याउँदै उपाधि जितेको छ ।

उपाधि जितेर मैदान बाहिर निस्कने क्रममा गेटमा आफुमाथि त्यतिबेला ५/६ जनाको समूहमा रहेको विद्यार्थीहरुले आक्रमण गरेको घाइते विद्यार्थी दासले बताएका छन् । स्थानीय क्षीरेश्वर उच्च मावि र शारदा बोर्डिंग स्कुलका समूहमा रहेको विद्यार्थीहरुले आफ्नो स्कुलका विद्यार्थी खेलमा जितेको हेर्न नसकेर आफुमाथि एक्लै गेटमा बाहिर निस्किरहेको बेला आक्रमण गरेको घाईते विद्यार्थीले बताए ।

यता यस घटना विषयमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई जानकारी भएपनि सुचना दिन मानेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.