अर्कना खातुन,
काठमाण्डौं, २९ कार्तिक ।
आइतबार राजधानीमा सरकारले खाना पकाउन दाउरा सर्वसाधारणलाई बिक्री गर्न थालेको छ । वन मन्त्रालयको आदेशमा बाराबाट भित्र्याइएको दउरा आइतबार बिहान ८ बजे देखि बालकुमारी र गौशालामा दाउरा बेच्न थालिएको हो ।
वन मन्त्रालयका प्रवक्ता सह–सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए अनुसार सबैलाई एक किलो दाउराको रु १५ को दरले निर्धारण गरिएको छ भने एक परिवारलाई एक सय किलो सम्म दाउरा बेच्ने अनुमति दिइएको छ ।
नयाँ संविधानले असन्तुष्ट जनाएका मधेशले लगाएको नाकाबन्दीको दुई महिना पुगिसक्दा पनि सरकारले बेवास्ता गरेको भन्दै सर्वसाधारणले अभाव खेप्नुपरेको छ ।
नाकाबनदीले गर्दा सर्वत्र पेट्रोल, डिजेलको साथै खाना पकाउने ग्यास र मट्टितेलको अभावले गर्दा वनमन्त्रि अग्निप्रसाद सापकोटाको निर्देशनमा टिम्बर कर्पोरेशन अफ नेपाल (टिसिएन)ले बाराको विभिन्न वनहरुबाट १० ट्रक दाउरा भित्र्याइएको हो ।
चाडपर्वको बेला देशभर सर्वसाधारणले अभाव खेप्नुपरेकोले वनमन्त्रि सापकोटाले गत मंगलबार सर्वसाभारणलाई दोउरा बाँड्ने निर्णय गरेका थिए ।
मन्त्रि सापकोटाको निर्देशन अनुसार प्रथम पटक तीन सय चट्टा ९लगभग सवा दुई सय ट्रक० जती दाउरा काठमाण्डौंसम्म पुर्याउने व्यवस्था मिलाइएको थियो । टिसिएनका महाप्रवन्धक वीरेन्द्र यादबका अनुसार थप दाउरा नवलपरासीबाट ल्याइनेछ
यता राजधानीमा भने पेट्रोल र ग्यास लिन लाइन बसेजस्तै दाउरा किन्नेहरुको लर्को र भिड देखिन्थो । सरकारले लगाएको नियम अनुसार दाउरा लिनका लागि टोकन लिनु पर्ने बताइएको छ ।
टोकन लिनका लागि नागरिकताको फोटोकपी अनिवार्य गरिएको छ । नागरिकताको फोटोकपी बुझाएपछि त्यही रहेको डिपोबाट टोकन पाइन्छ । टोकन हेरेर त्यहाँ रहेका कर्मचारीले दाउरा वितरण गर्छन् ।



