हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश नं २ को अस्थाई राजधानी जनकपुरधाममा जनकपुर उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुले विजय जुलुस निकालेका हुन् ।

आइतवार राती विजय भएका उम्मेदवारहरुको परिणाम आएपछि निर्वाचित पदाधिकारीहरुले विभिन्न मन्दिरमा पुजा आजा दर्शन गरेका थिएँ।

नव निर्वाचित अध्यक्ष जितेन्द्र महासेठ, वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, उपाध्यक्ष अम्मू प्रसाद साह, महासचिब मनोज कुमार साह, सचिब फुलदेव पंडित, कोषाध्यक्ष परमेश्वर साह, सदस्य नरेन्द्र विक्रम साह(निरज), दिलीप साह, धर्मेन्द्र साह, श्रवण साह लगायतका निर्वाचित पदाधिकारी र उद्योगी व्यापारी, विभिन्न संघ संस्थाका पदाधिकारीहरुको जुलुसमा सहभागि भएका हुन् ।

जनकपुरधानमको गोपाल धर्मशालाबाट निकालिएको विजयी जुलुस राम चौक, भैरव चौक, मुरलीचौक, क्याम्पस चौक, विश्वकर्मा चौक, जिरो माइल, पेठिया बजार, महावीर चौक, सुनारपट्टी, जानकी चौक, जनक चौक,शिव चौक, मिल्स एरिया लगायत नगर परिक्रमा गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.