
हुलाकी न्यूज, काठमाडौं : जनमत पार्टीको हालै सम्पन्न प्रथम महाधिवेशनमा केही घुस पैठीयाले पार्टीलाई बदमान गराउन खोजेको जनमत पार्टीले जनाएको छ।
जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष ई.बसन्त कुशवाहाले हुलाकी न्यूजसित भने,‘भव्यताका साथ सम्पन्न भएको जनमत पार्टीको प्रथम महाधिवेशनमा उपस्थित लाखौं कार्यकर्ता नदेख्ने तर पार्टीलाई बदनाम गराउन केही घुसपैठीयाले पार्किङ्गमा राखिएको मोटरसाइकलमा स्वतन्त्र मधेशको झण्डा लगाएको देख्ने? पार्टी मुलधारको राजनीतिमा आएको छ। उक्त झण्डा
पार्टीसँग सम्बन्धीत छैन। कुनै घुस पैठ भएको हाम्रो ठहर छ।’

पार्टीको एतिहासिक प्रथम महाधिवेशन भव्यताको साथ सम्पन्न भएको उपाध्यक्ष कुशवाहाले जनाए। लोकतान्त्रिक विधि प्रक्रियाबाट नेतृत्व चयन भएको र अवको नेतृत्वले पार्टीलाई नयाँ उचाईमा लग्ने उनले बताए।
गत शनिबार जनकपुरधामस्थित रंगभूमी मैदानमा लाखौं नेता–कार्यकर्ता तथा स्वयम् सेवकहरुको उपस्थितिमा महाधिवेशन सम्पन्न भएको कुशवाहाले जनाए।
प्रथम महाधिवेशनबाट डा.सीके राउत विधिबत अध्यक्ष निर्वाचित भएका छन्। अन्य पदहरुमा पनि मतदान प्रक्रियाबाट नयाँ पदाधिकारी चयन गरिएको छ।





Jay Madhesh