हुलाकी न्यूज,जनकपुरधाम : ६ महिना पश्चात् आज  सोमवार प्रदेश २ सभाको बैठक बोलाइएको छ ।

प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा ६ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौं अधिवेशन सुरु गर्न लागिएका हुन भने चौथों अधिवेशन कात्तिक ४ गते सकिएको थियो ।

संसद् बैठकअघि कार्यव्यवस्था समितिको बैठक बोलाइए पनि सदस्यको टुंगो लाग्न नसक्दा बैठक बस्न नसकेको प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जित यादवले भनेका हुन्।

नेकपा पार्टी विभाजन र जनता समाजवादी पार्टी एकता भएकाले कार्य व्यवस्था समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाए पनि उनीहरूले नाम नदिँदा कार्य व्यवस्था समितिको बैठक अन्योलमा परेको थियो ।

पाँचौं अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची तय भनेको छ। यादवले जानाकरी दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.