हुलाकी न्यूज,जनकपुरधाम : जनमत पार्टीका प्रथम महाधिवेशन जनकपुरधाममा जारी छ। पार्टीको आफनै सुरक्षा दस्ता र स्वयम सेवकहरु बाक्लो रुपमा परिचालन गरि जनमत पार्टीले जनकपुरधामको बाह्रबिघ्घा मैदानमा महाधिवेशनको व्यवस्थित रंगभुमि मैदानमा गरिएको थियो।

महाधिवेशन कार्यक्रमा मञ्चमा डा. सिके राउत स्वयम उभिएर पार्टीका युवा नेताहरुबाट युवा पुस्तालाई प्रशिक्षण दिएका छन्।
यस परीक्षणमा केही शारिरिक व्यायाम तथा प्रशिक्षणका साथ साथै अनुशासन, निर्देशन सहित हजारौं युवाहरुलाई उभाएर प्रशिक्षण दिएको छ।

युवाहरुलाई मधेशको कुनै पनि भु–भागमा कुनै पनि समस्या आए तुरन्त दस्ताका रुपमा खट्न, अनुशासनमा बस्न र संगठनको निति निर्देशन पुर्ण रुपमा पालना गर्न भनिएको छ । पुर्व मेची देखि पश्चिम महाकाली सम्मको सहभागिता दावी गरिएको महाधिवेशनमा वडा स्तरीय कमिटिका अध्यक्ष, महिला उपाध्यक्ष र सचिवलाई महाधिवेशन प्रतिनिधी तोकिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.