हुलाकी न्यूज,जनकपुरधाम : नेकपा माओवादी केन्द्रले प्रदेश २ मा संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतक चयन भएका छन्।

दलको नेतामा भरतप्रसाद साह, उपनेतमा सांसद जगत यादव, प्रमुख सचेतकमा दिलिप साह र सचेतकमा रुबी कर्ण चुनिएको माओवादी केन्द्रले जनाएका हुन्।

यसैगरी माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका चार नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय गरिएको दलका नेता साहले बताए। काठमाडौंस्थित पार्टी कार्यालयमा बसेको बैठकले २४ घण्टामा जवाफ र पार्टीभित्र नफर्किए पार्टीबाट निस्कासन गरिने उनले बताएका छन् ।

संसदीय दलको नेताबाट हटाइएका मण्डल, कुन्दन साह, ज्वाला साह र मो। समिर अन्सारी माओवादी केन्द्र छाडेर एमालेमा गएका हुन् भने प्रदेश २ मा माओवादी केन्द्रका ११ जना सांसद रहका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.