हुलाकी न्यूज, जनकपुरधाम : नेपालमा पछिल्लो २४ घण्टाभित्र ३३९ जना मानिस कोरोना भाइरसबाट संक्रमि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ३३९ जनामा कोरोना भाइरस संक्रमण भएको जानकारी दिएको हो । देशभर ४ हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा र १ हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकाका धेरै रहेका छन् । पछिल्लो २४ घण्टामा भक्तपुरमा ५, ललितपुरमा २६, काठमाडौंमा १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर दुई हजार २०१ संक्रिय संक्रमित छन् । यसमध्ये संस्थागत आइसोलेसनमा ७६० र होम आइसोलेसनमा १ हजार ७४१ जना रहेका छन् । त्यस्तै ६५ क्वारेन्टिनमा रहेका छन् भने ६५ जना आइसीयू र १३ भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.