हुलाकी न्यूज,जनकपुरधाम : सर्लाहीस्थित घर नजिकैबाट बेपत्ता भएका बालक भारतमा फेला परेको छ।

सर्लाहीको मलंगवा नगरपालिका ५ भाडसरका रमेश सहनीका तीन वर्षीय छोरा घर नजिकैबाट बेपत्ता भएका थिए ।

उनी भारतमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

सोमबार बिहान करिब ११ बजे रमेश सहनीका छोरा आदर्श सहनी घर वरिपरी खेली रहेको अवस्थामा अचानक बेपत्ता भएका थिए ।

जिल्ला प्रहरीबाट प्रहरी निरीक्षक कृष्ण गिरीको कमाण्डमा खोजीका लागि खटाइएको टोली भारतीय पक्षसँग समन्वय गरि मंगलबार दिउँसो करिब १ बजे भारतको विहार राज्यको सीतामढी जिल्ला सोनवर्षा, मुसरनीयाबाट बालकलाई उद्धार गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुँवरले बताए ।

उद्धार गरिएका बालकलाई अभिभावकको जिम्मा लगाई घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.