हुलाकी न्यूज,काठमाडौं : जनकपुरधाम– प्रदेश २ मा कोरोनाका सक्रिय संक्रमितको संख्यामा वृद्धि भएको छ।

केही दिन पहिलासम्म पाँच वटा जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्यसम्म पुगे पनि पछिल्लो समय संक्रमितको संख्यामा वृद्धि भएको छ।

हाल यस प्रदेशमा ५६ जना कोरोनाको सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए। सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा केही दिनअघिसम्म सक्रिय संक्रमितको संख्या शून्यमा झरेको थियो।हाल यस प्रदेशमा ५६ जना कोरोनाको सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए। सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा केही दिनअघिसम्म सक्रिय संक्रमितको संख्या शून्यमा झरेको थियो।

आज प्रदेश २ मा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको कुल संख्या १७ हजार २ सय ५७ पुगेको वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए।

आज धनुषामा ३, पर्सामा २, बारामा १ र अन्य प्रदेशका १ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।पर्सामा सबैभन्दा बढी ३१ जना सक्रिय संक्रमित रहेका छन्। त्यस्तै धनुषामा १०, बारामा ९, महोत्तरीमा २, सप्तरी, सिरहा, सर्लाही र रौतहटमा १/१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.