हुलाकी न्यूज,काठमाडौं :बंगलादेशमा बढ्दो कोभिड सङ्क्रमण रोक्ने उद्देश्यका साथ भोलिदेखि एक साता लामो देशव्यापी लकडाउन गरिने त्यहाँको सरकारले बताएको छ । त्यस अवधिमा सबै कार्यालय तथा अदालतहरू बन्द रहनेछन्।
तर प्रवासी मजदूरहरूको आफ्नो गाउँघरतर्फको आवतजावतमा भने रोक नलगाइने बताइएको छ। दिनदिनै संक्रमितको संख्या उच्च बने पछी लकडाउन गर्ने निर्णय गरिएको वताइएको छ। गत वर्ष पनि कोभिडका कारण बाङ्ग्लादेशमा करिब तीन महिना लकडाउन गरिएको थियो।



