हुलाकी न्यूज,
काठमाण्डौं, २८ कार्तिक ।
शनिबार ब्राहमण समाज रौतहटद्धारा मधेश आन्दोलनमा एक्यबद्धता जनाउदै सदरमुकाम गौरमा बृहत र्याली प्रदर्शन गरिएको छ । जारी आन्दोलनमा समर्थन जनाउदै नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा र मधेशी युवा नेता रेवन्त झाको संयुक्त नेतृत्वमा जुलुस निकालिएको थियो ।
र्यालीमा रौतहटका आयोजकहरुले आफ्नो एतिहासिक पहिरन पाग, धोती, कुर्ता, गम्छा लगाई प्रदर्शन गरे । र्यालीमा मधेशी एकता जिन्दाबाद, माधव केपी मुर्दाबाद, मधेशको मांग कायम गर जस्ता नाराका साथ प्रदर्शन समापन गरियो ।
जिल्ला रौतहटबाट बिभिन्न गाँउ गाँउबाट हजारौको संख्यामा आएका ब्राहमणहरु सदरमुकाम गौरको क्रान्ति चौक देखि अस्पताल चौक हुन्दै नाकाबन्दी स्थल नेपाल भारत मितेरी पुल गई समापन गरे । त्याहा उपस्थित रहेका व्यक्तिले ब्राहमण समाजद्धारा निकालिएको र्यालीलाई सम्मान गरि ताली बजाउदै स्वागत समेत गरे ।
लम्बिन्दै गइरहेको आन्दोलनलाई सरकारले कुनै वास्ता नगरेकोले कडा आलोचना गर्दै ब्राहमण समाजले सरकारलाई चेतावनी दिन र्याली निकालेका हुन ।



