हुलाकी न्यूज,नेपालगन्ज : नेपालगन्ज कोभिड -१९ को उच्च जाेखिममा रहेकाे जनताकाे गुनासो रहेकाे छ । गत चैत १४ गते छिमेकी देश भारतमा कोभिड -१९ को प्रकोप तिब्र रुपमा बढदै गएको र भारतबाट आउने नेपालीहरुमा जमुनाह नाकामा पोजिटिभ केश देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर मेला ,महोत्सव, र्याली, सेमिनार निषेध गरिएको थियो ।
तर आफैले गरेको निर्णयलाई उलंघन गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेले चैत १२ गतेदेखि महोत्सव लगाउन अनुमति समेत दिएको छ ।
एकातिर भारतमा कोभिड -१९ को प्रकोप तिब्र रुपमा बढदै गएको र भारतबाट आउने नेपाली जनतालाई सास्ती पुर्याउदै जनतालाई लाम लगाएर चेक जाँच गरिदै छ। अर्को तिर भने भिड भाड जमाएर कोभिड -१९ को प्रकोप तिब्र रुपमा बढाउने र उच्च जोखिमा नेपालगन्जलाई पुर्याउने काम आफै जिल्ला प्रशासन कार्यालय बाँकेले गरेको गुनासो जनताकाे छ ।
महोत्सवमा भिड कोभिड -१९ को उच्च जाेखिम

यसरी भारतबाट आउने जनतालाई बाेडरमा कडा चेकजाँच गर्ने अनि नेपालगन्जमा महोत्सव लगाउन अनुमति दिएर भिडभाड जम्मा गर्दा कोभिड -१९ भाइरसलाइ बडावा दिदा अाउने समयमा नेपालगंज उच्च जाेखिममा पर्ने खतरा देखिएकाे समेत बाँकेका जनताले गुनासाे गरेका छन् । साथै मेला ,महोत्सव, र्याली, सेमिनार तत्कालकाे लागि निषेध गर्नुनै जनताकाे भलाे हुने बाँकेका बुधिजिबिहरूकाे सललाह रहेकाे छ ।



