हुलाकी न्यूज,जनकपुरधाम : धनुषामा खेतमा काम गर्न निस्किएका एक व्यक्ति मृत अवस्थामा शाव फेला परेका हुन्।

धनुषाको औरही गाउँपालिका वडा नम्बर २ कपटौलस्थित खेतबारीको बगैचामा बिहीवार साँझ वडा नम्वर ३ का बिजय मण्डलको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

४० वर्षका मण्डल बिहीवार बिहान औरही ३ स्थित खेतमा काम गर्न गएका थिए ।

विहान धान रोप्न गएका उनको साँझ हत्या भएको स्थानीयले बताएका छन । प्रहरीले भने उनको हत्या नै भएको हो भन्ने कुराको पुष्टि हुन नसकेको बताएका छन् ।

प्रहरीले घटना स्थलमा पुगेर अहिले मुचुल्का उठाएका छ्न।केही बेरमा शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी भैरहेको प्रहरीले बताएका छ्न।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.