हुलाकी न्यूज, मलंगवा २८ कार्तिक । नेकपा एमालेले सर्लाहीमा गर्न लागेको चियापन कार्यक्रम विथोल्ने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जनाएको छ ।

आइतबार सर्लाहीको हरिपुरमा एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपाल चियापान कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा नेता नेपाललाई कालोमोसो दल्ने मधेशी मोर्चाका नेताहरुले बताएका छन् ।

मधेशमा एमालेको कार्यक्रमहरुको विरोध मधेशी मोर्चाले गर्दै आएको छ । शनिबार बीरगञ्जमा एमालेको कार्यक्रम विथोल्न एमाले पार्टी कार्यालयमा मोर्चाले आगजनी गरेको छ ।

मधेशी मोर्चाका एक घटक सद्भावना पार्टीका सर्लाही जिल्ला अध्यक्ष प्रमोद साहले हुलाकी न्यूजसँग माधव नेपालको कार्यक्रम हुनै पनि हालतमा हुन नदिने बताएका छन् ।

साहले हुलाकीलाई भने, ‘हामी नेपाल सरकारको गोली खान तयार छौं तर एमालेले मधेशमा गर्न लागेको षड्यन्त्रलाई सफल हुन दिन्नौं । भोली माधव नेपाल हरिपुर आए उनलाई कालोमोसो दलेर पठाउनेछौं ।’

शनिबार दिउँसोदेखि नै मोर्चाका कार्यकर्ताहरुले ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन थालेको छ ।

यसअघि शनिबार दिउँसो नेपाली काँग्रेसका सांसद रामचन्द्र चौधरी एवं एमाले साँसद रंजना सरकार हरिपुर आएको खबर पाएका मधेशी मोर्चाका कार्यकर्ताहरुले उनीहरुको घरमा छापामारेको छ । मोर्चाका कार्यकर्ता उनीहरुको घर पुग्दा साँसदहरु फरार भईसकेको नेता साहले हुलाकी न्यूजलाई बताए ।

2 COMMENTS

  1. India is blocking not only the Birganj-Raxual border post where protesters are sitting but also other border posts where there is no protester. why does India not have the guts to declare the blockade which is already there? How long and up to what point does India intend to continue the shameful inhuman act?

  2. के कालाे माेसाे दलेर मधेश मुक्ति हुन्छ त ? विचार गराै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.