हुलाकी न्यूज, जनकपुरधाम : धनुषामा सवारी दुर्घटनामा परी ४ जना घाइते भएका हुन्।
जनकपृुरधाम देखि ढल्केवर सडक खण्ड अन्तर्गत रमदैयामा विङ्गर अनियन्त्रित भएर पल्टिएर ४ जना घाइते भएका छन्। 
जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ रमदैयास्थित ना १ ज ६३८५ नम्बरको विङ्गर आफै अनियन्त्रित भएर पल्टिदा ४ जना घाइते भएको छ। घाइतेहरुको नाम अहिले खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताए।
दुर्घटनामा परेको विङ्गर जनकपुरधामबाट ढल्केवर तर्फ जाँदै थियो। घाइते भएका मध्ये एकको अवस्था गम्भिर रहेको छ भने अन्य ३ जना सामान्य घाइते
भएको धनुषा प्रहरीले जनाएका छन् ।



