हुलाकी न्यूज, बीरगञ्ज २८ कार्तिक । मधेशमा जारी आन्दोलनमा नेकपा एमालेले घुसपैठ गर्न खोजेको भन्दै एमाले पार्टी कार्यालय पर्सामा आगजनी गरिएको छ ।
मधेशी मोर्चाका कार्यकर्ताले शनिबार बिहान नेकपा एमाले पर्साको वीरगञ्ज रामगढवास्थित पार्टी कार्यालयमा आगजनी गरेको स्थानीय पत्रकारहरुले बताएका छन् ।
एमालेले मधेश आन्दोलनको विरोधमा केन्द्रको निर्देशन अनुसार अञ्चल स्तरीय चियापान कार्यक्रम आयोजना गरेको आरोप लगाउँदै संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादवले एमालेको षड्यन्त्रको प्रतिकार गरेको बताए ।
मधेशी मोर्चाले एमालेका संसदहरुले मधेश आन्दोलनको बिरोधमा षड्यन्त्र गरेको र आन्दोलनलाई बद्नाम गराउने उद्देश्यले विभिन्न गतिबिधि गरेको आरोप लगाउँदै यसअघि कार्यक्रम बिथोल्ने चेतावनी दिएको थियो ।
दिपावली र छठको अवसरमा एमालेको भातृसगठन युवा सघं पर्साले आज बिहान ८ बजेदेखि पार्टी कार्यालयमा अञ्चल स्तरीय चियापान कार्यक्रम राखेका थियो । तर कार्यालयमा आगजनी भएपछि चियापान स्थगित गरिएको हो ।




Well done.