हुलाकी न्यूज,जनकपुरधाम : शिक्षा विकास समन्वय इकाइ धनुषाले मंगलबार सूचना जारी गर्दै धनुषाका स्थानीय तहले उपयुक्त निर्णय गरेर विद्यालय सञ्चालन गर्न आह्वान गरेका छन् ।

मन्त्रालयले मौसमी प्रतिकूलता कारण सोमबार पठनपाठन बन्द गर्ने निर्णय गरेपनि धनुषामा वातावरण प्रतिकूलताको महसुस नगरिएको हुँदा विद्यालय सञ्चालन गर्न भनिएको छ ।

यता, जनकपुरधामस्थित मोनाष्टिक कलेजका प्रधानाध्यापक प्रमोद साहले विद्यालय सञ्चालन गर्ने विषयमा हालसम्म जनकपुरधाम उपमहानगरपालिका कार्यालयबाट कुनै जानकारी नआएको बताएका हुन् भने उनले भने, ‘अहिले हाम्रो बैठक चल्दै छ, विद्यालय सञ्चालन गर्ने/नगर्ने विषयमा बैठकपछि नै निष्कर्ष आउँछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.