Rajat kayastha

हुलाकी न्यूज,जनकपुरधाम : रङहरुको पर्व फागुपूर्णिमा (होली) आइतबार नेपालको पहाडी जिल्लामा हर्षोल्लासपूर्वक मनाइएको छ । मधेशका जिल्लामा भने आज सोमबार मनाएका छन् ।Rajat kayastha

सरकारले होलीमा सार्वजनिक विदा पनि दिएकाले घरमा परिवारसँग र घरबाहिर साथीहरुसँग आपसमा रङ दलेर होलीको खुशियाली साटासाट गर्ने धेरै छन् ।तर यस पल्ट जनकपुरधामको मुख्य चोकहरुमा कम संख्यामा होली खेल्ने मानिसहरु देखियो।

युवाहरु सेतो रङको टिसर्ट लगाएर अनुहारमा रातो, नीलो, पहेँलो, हरियोलगायतका रङ एक अर्कालाई लगाइदिने र खुशियाली साटासाट गर्ने गर्छन् ।

जनकपुरधाममा होली मनाउनेहरु भेला हुने मुख्य चोकहरूमा राम चोक,मुरली चोक, रामानंद चोक जस्ता अरु चोकहरूमा यस वर्ष दहीहण्डी कार्यक्रम भएन भने मात्र जानकी चोक,महावीर चोक र पुरानो बजारमा मात्र दहिहण्डी कार्यक्रम राखिएको थियो । सरकारले कोरोना महामारी फैलिने जोखिम रहेको भन्दै सर्वसाधारणलाई घरभित्रै परिवारसँग होली मनाउन आग्रह गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.