जनमत पार्टी रुपन्देहीले मधेशको सांस्कृतिक पर्व होलीको पावन अवशरमा होली मिलन तथा केन्द्रिय महाधिवेशनको तैयारी स्वरूप जिल्ला भेला सम्पन्न गरेको छ ।
चैत्र १४ गते लुम्बिनीको महिलवारमा आयोजित सो कार्यक्रम जिल्ला इन्चार्ज रामकेश गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथीमा जपा का केन्द्रिय सदस्य भोपेन्द्रप्रसाद यादव एवं अतिथीगणमा जिल्ला सहसंयोजक चन्द्रशेखर सोनार, सह सचिव कृष्णा कोहार, कोषाध्यक्ष संजय मिश्रा, वरिष्ठ जिल्ला नेतृ निर्मला हरिजन, जनमत युवासंघ रुपन्देहीका अध्यक्ष सागर वर्मा, जनमत विदेश विभागका केन्द्रिय सदस्य विनोद पासवान, जनमत विद्यार्थी संघका केन्द्रिय सदस्य विकास लोध, मधेश नेतृत्व पूञ्जका केन्द्रिय सदस्य विरेन्द्र धवल, जिल्ला नेताहरु निधीलाल अशान्त, धर्मेन्द्र गुप्ता लगायत जिल्लाभरिका विभिन्न वडा – नगरपालिका बाट पदाधिकारी नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।
उक्त जिल्ला भेलामा अतिथी वक्ताहरु ले शुभकामना मन्तव्य दिएका थिए भने जिल्ला समितिको तर्फबाट महाधिवेशनप्रतिनिधीको नामलिष्ट केन्द्रलाई पठाउने निर्णय गरिएको थियो ।
सो कार्यक्रम जिल्ला सचिव शिवचरण केवटले संचालन गरेका थिए।