हुलाकी न्यूज,जनकपुरधाम : मिथिलाको धार्मिक एवां एतिहासिक ‘मिथिला माध्यमिकी’ परिक्रमा १४ दिन अघि शुरु भएको यात्रा आज १५ दिन जनकपुरको अन्तरगृह परिक्रमासंगै सम्पन्न हो।

जनकपुरबाट विधिवत रुपमा शुरु भएको परिक्रमा फागु पुर्णिमा अर्थात आजको दिन जनकपुरको अन्तरगृह परिक्रमा पछि सम्पन्न भएपछि जनकपुरमा फागु उत्सव मनाउने तयारी शुरु भएको छ।

अन्तगृह परिक्रमाको भोली पल्ट जनकपुरमा होली मनाउने परम्परा छ ।त्यसै अनुरुप जनकपुरमा यस वर्ष सोमवार होली मनाइने साइत परेको छ । मिथिला बिहारी (रामजानकी) को डोलासंगै परीक्रमा गर्दा विभिन्न प्रकारका रोग,दुःख,कष्ट कलेशबाट मुक्त एवंम नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास रहि आएको छ ।

परिक्रमा धनुषा, महोत्तरीका दर्जनौ धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलो मिटर र छिमेकी मुलुक भारतको ३० किलो मिटर गरि जम्मा १ सय २० किलो मिटर भु–भागको यात्रा गरिन्छ ।

फागुन औशिबाट शुरु भएर पुर्णिमा सम्म चल्ने यो महोत्सवमा धनुषाको कचुरी गाँउ स्थित मिथिला विहारी मठबाट रामजानकीको डोला जनकपुरधामको रत्नसाग मठ हुदै जानकी मन्दिर ल्याइन्छ ।

त्यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलाहरु समेत समावेश गरि परिक्रमा यात्रा प्रारम्भ हुने गर्दछ ।

डोलासंगै परम्परागत बाजाँगाजा सहितका मौलिक पहिरनमा लाखौ नरनारीहरु यात्रामा सहभागिता हुने गर्छन् ।

परिक्रमा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर,भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई,धुव्रकुण्ड, कञ्चनवन,पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण भारत,विसौल भारत र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृहपरिक्रम गरी मध्यमा परिक्रमा सम्पन्न हुने गर्दछ ।

मिथिला माध्यमिकी परिक्रममा सहभागि हुन छुटेका श्रद्धालुहरु अन्तिम दिनको अन्तरगृह परिक्रममा सहभागि हुदा पनि पुण्यको भागी बनिन्छ भन्ने विश्वास छ ।

अन्तरगृह परिक्रमामा लाखौको सख्यामा श्रद्धालुहरुको सहभागीता रहन्छ । नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी लगायत भारत बिहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट हजारौहजार श्रद्धालुभक्तजन तथा साधुसन्तहरु परिक्रममा सहभागि हुने गर्दछन् ।

टायर गाडा ,साईकल र टाउकोमा बन्दोबस्तीका समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरि बास बस्नु, भूंइ खनेर चूल्हो निर्मण गर्नु, खाना पकाउनु , भजन कित्र्तन लगायतका कार्यहरु गर्नु परिक्रमावासीहरुको आस्था हो ।

पक्रिमाको क्रममा रात्रि विश्राम गर्नै पान्ध्रौ स्थलहरुमा स्थानीयहरुले मेलाको आयोजन गर्ने गर्दछन् । त्यस्तै परिक्रमामा बास बस्ने हरेका ठाएँका स्थानीयबास्दिा र विभिन्न संघसंस्थाहरुले सहभागी श्रद्धालुभक्तजनहरुलाई स्वागत गर्न दुई दिन अघिदेखि नै जुट्ने गर्दछन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.