हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश नम्बर २ को पर्सामा चोरीको मोटरसाइकलको पाटपुर्जासहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज ३० स्थित बगहीदेखि परवानीपुरतर्फ जाने सडकखण्डमा अमेरिका सहनीको मोटरसाइकल ग्यारेजमा शंका लागि चेकजाँच गर्दा चोरी गरी ल्याइएका मोटरसाइकलका पाटपुर्जाहरु प्रहरीले बरामद गरेको थियो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० बस्ने २२ वर्षीय महम्मद नुरउल्लाह देवान र सोही स्थानका २८ वर्षीय राजेश सहनी रहेका छन् ।
प्रारम्भिक अनुसन्धानको क्रममा उक्त मोटरसाइकलका पार्टसहरु चोरी गरी ल्याएको खुल्न आएको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए ।
पक्राउ परेका दुबैजनालाई चोरी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए ।



