हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ को समाजिक विकास मन्त्रालयलाई राष्ट्रिय सूचना आयोगले सात दिन भित्र सूचना मागकर्तालाई सूचना उपलब्ध गराउन आदेश दिएको छ ।

जनकपुरका पत्रकार शैलेन्द्र महतो क्रान्तिको उजुरी उपर सुनुवाई गर्दै आयोगले समाजिक विकास मन्त्रालय सचिव र सूचना अधिकारीको नाममा यस्तो आदेश जारी गरेको हो ।

यसअघि गएको मंसिर ८ गते नै पत्रकार महतोको पुनरावेदन उपर सुनुवाई गर्दै राष्ट्रिय सूचना आयोगले विदेह नगरपालिका कार्यालयलाई सूचना उपलब्ध नगराउनुका कारणसहितको स्पष्टीकरण ७ दिन भित्र पेश गर्न आदेश दिएको थियो ।

तर पनि सूचना उपलब्ध नभएपछि पत्रकार महतोले पुनः गएको माघ २५ गते आयोग समक्ष उजुरी गरेका थिए । सो उजुरी उपर सुनुवाई गर्दै आयोगले ७ दिन भित्र पुनरावेदक महतोलाई सूचना उपलब्ध गराउन समाजिक विकास मन्त्रालयका सचिव र सूचना अधिकारीको नाममा आदेश दिएको हो ।

LEAD Technologies Inc. V1.01

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुंग, सूचना आयुक्त कमला ओली थापा र रत्न प्रसाद मैनालीको संयुक्त इजलासले यस्तो आदेश दिँदै आदेश कार्यान्वयन गर्न समाजिक विकास मन्त्रालयलाई पत्र पठाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.