रौतहट । रौतहटमा एक महिलाको शव आधा शरीर जलेको अवस्थामा फेला परेको छ । रौतहटको यमुनामाई गाउँपालिका ५ झुनखुनुवास्थित बस्ने सुन्दर साहको खेतमा बिहीबार बिहान पहिचान खुल्न नसकेको महिलाको शव बरामद भएको प्रहरीले जनाएको छ ।

नामथर वतन नखुलेको अन्दाजी २५ वर्षीय महिलाको शरीर आगोमा आधा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्दिविक्रम शाहले जानकारी दिए ।

घटना शंकास्पद भएकोले विशेषज्ञ कुकुर आइरहेको बताउँदै उनले पहिचान गर्ने सक्ने व्यक्तिहरुले सहयोग गर्न एसपी साहले अनुरोध गरे ।

मृतकको शव खेतमा जलेकाले पनि कसैले सुनियोजित तरिकाले हत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.