हुलाकी न्यूज, जलेश्वर २७ कार्तिक । मधेश विरोधी संबिधानमा स्विकृती दिई हस्ताक्षर गरेका सभासदहरु महोत्तरीबाट लखेटिएका छन् । विहिवार बिहानै क्षेत्र नं. ३ का सभासद रामदयाल मण्डल मोर्चा र जनताको डरले भागेको बताइएको छ भने विहिवार राती १२ बजे क्षेत्र नं. ५ का सभासद सम्सी ८ निवासी दिपनारायण साह प्रहरीको गाडीमा आश्रय लिइ भागेको स्थानीयबासीहरुले हुलाकी न्यूजलाई बताएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा महोत्तरीले बुधवार प्रेस विज्ञप्ती जारी गर्दै मधेश र मधेशी विरोधी सभासद चाहिदैन भन्दै काठमाडौं फिर्ता हुन चेतावनी दिएको र सोही कार्यन्वयनका लागि जलेश्वर ८ सानो रतवारा घर भएका क्षेत्र ३ का सभासद रामदयाल मण्डलका घरमा मोर्चाका कार्यकर्ता र स्थानीय पुग्दा मण्डल एकाविहानै प्रहरी स्कर्टिमा घर छोडिसकेका थिए ।

त्यसतै व्यापक प्रहरी र शसस्त्रको शुरक्षा घेरामा रहेका क्षेत्र नं. ५ का सभासद दिपनारायण साहलाई गो व्याक काठमाडौंको नारासहित सम्सी बजारदेखि उनको घरसम्म जुलुस र मसाल जुलुस निकाल्दै शुक्रवार विहान ८ बजेसम्म मधेश छोडन दिएको चेतावनी स्वरुप राती १२ बजे तिर साह प्रहरीको सुरक्षाका साथ घर वाहिरिएका छन ।

विहिवार विहान साहलाई उनका छिमेकी र स्थानीयहरुले गाली गलौज तथा अन्य अपमान जनक व्यवहारसमेत गरेको खवर प्राप्त भएको छ । पदिय स्वार्थका लागि मधेश र मधेशीकोको विरोधी भएका सभासदहरुको परिवारसमेत अपहेलित र अपमानित हुदै आएको अवस्थामा स्थानीय जनताहरु उनलाई पुर्णरुपमा अस्विकार गरिसकेको प्रतिक हुन थालेको स्थानीय मोर्चाका कार्यकर्ताहरु बताउँछन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.