हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरमधाम स्थितए एउटा होटेलमा दुईदिनदेखि बसिरहेकी एक महिलाको शव फेला पारिएको छ।

जनकोऊर्धमको रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा श्रीमानसँगै बसेकी महिलाको होटेलबाट हाम फालेर वा खसालेर ज्यान गएको अवस्थामा शव फेला परेको छ।

होटेल छेउमै रहेको खानेपानी संस्थानको कम्पाउण्ड आधा शरिर पानीमा र आधा बाहिर रहेको अवस्थामा उनको शव भेटिएको हो ।

यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन श्रीमानसँगै आएकी म्याग्दीको तत्कालीन बिम गाविस बस्ने ३० वर्षीया सृजना सुनार श्रीपालीको शव फेला परेको हो ।उनका श्रीमान विश्वास सिर्पालीका अनुसार होटलको पाँचौ तल्लाबाट उनी हाम फालेर गएराति आत्महत्या गरेकी हुन् ।

‘राति हामी १२ बजेसम्म गफगाफ गरेर सुत्यौँ । साढे तीन बजे ब्युझिदा मैले उसलाई देखिन अनि खोज्न थाले,’ उनले भने ।११ दिन पहिले आफु विदेशबाट फर्केको प्रहरी समक्ष उनले बताएका छन् ।तर घटना शंकास्पद देखिएको भन्दै प्रहरीले विभिन्न एंगलबाट अनुसन्धान गरिरहेको छ ।

आफैले हाम फालेर मरेको वा मारिएको विषयमा थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.