हुलाकी न्यूज, जनकपुरधाम : डा. सीके राउत नेतृत्वको जनमत पार्टीले यही चैत २८ गते जनकपुरधामको बाह्रबिघा मैदानमा राष्ट्रिय महाधिवेशन गर्ने भएका छन् ।

यस महाधिवेशनमा देशभरबाट ५ हजार प्रतिनिधि सहभागी हुने उक्त पार्टीले जनाएका छन् भने महाधिवेशनमा २५ हजार स्वयंमसेवक परिचालन हुने र विदेशका अतिथिहरु समेत सहभागी हुने छन् ।

महाधिववेशनमा सहभागी हुने प्रतिनिधिले अनिवार्य रुपमा पार्टीको सदस्यता घाँटीमा झुण्ड्याएको हुनुपर्ने र स्वयंमसेवकले अनिवार्य एक हजार रुपैयाँ सहयोग गर्नुपर्ने निर्देशन जानाकरी  दिएका हुन्।

महाधिवेशनमा सहभागी हुनका लागि चैत १५ गतेभित्र वडा तथा पालिका अधिवेशनहरु सम्पन्न गरिसक्न पनि निर्देशन दिइएको छ । डा. राउतले जारी गरेको मार्गनिर्देशमा भनिएको छ, ‘चैत १५ गतेपश्चात प्राप्त हुने अधिवेशन प्रतिनिधिहरुको सूचीलाई महाधिवेशनमा समावेश गरिने छैन भने महाधिवेशनकालागि सो पार्टीले आफ्नै सुरक्षा दस्ता पनि परिचालन गर्ने जनाएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.