अर्कना खातुन,

काठमाण्डौं, २६ कार्तिक ।

सरकारको ध्यान अहिले सम्मनै नपुगेको कारण मधेशले निम्त्याएको नाकाबन्दीले देश भरिनै हाहाकार मचाइसकेको छ । स्टकमा रहेको मालसामान पनि सकिने क्रममा छ ।

अति आवश्यक पेट्रोल, डिजेल, ग्याससँगसगै अब दैनिक जिवनमा चाहिने अन्य सामाग्रिको पनि अभाव हुन थालेको छ । त्यसै गरि अहिले बजारमा खाने तेलको अभाव हुन्दै गएको छ ।

पेट्रोल, डिजेल, ग्यासको कालाबाजारीको सास्तीमा परेका जनता अहिले आएर खाना पकाउने तेलको मूल्य बढि तिरेर पनि नपाइएको गुनासो गर्दै छन् भने कतिपयले तिहारले गर्दा चाहिने भन्दा तेबर मुल्य तिरेरै भएपनि लिइरहेका छन् ।

यता वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले बजारमा असाधारण रुपमा खानेतेलको मूल्य बढाउने तेल उत्पादक कम्पनीहरुलाई स्पष्टीकरण सोधेको छ । अभाव भएको कारण देखाएर बजारमा ३३% देखि सतप्रतिशत मूल्य बढाएकोले विभागले तेल उत्पादन कम्पनीहरुमा खोज तलासी गर्न थालेको हो ।

विभागले धारा ब्राण्डको तेल उत्पादक दुगड गु्रप र कुसुम तेल मिल लगायत कम्पनीलाई स्पष्टीकरण सोधेको हो । सबै कम्पनीको विवरण विभागले खुलाएको छैन ।

चाडपर्वको बेला खानेतेलको मूल्य अत्याधिक बढाएको जानकारी पाएपछि सूचनाकै आधारमा मंगलबार र बुधबार बजारमा अनुगमन गरेका थिए । अधिक्तम मूल्य बढाउने कारणहरु लिखित जवाफ लिएर विभागमा हाजिर हुन भनिएको विभागका बजार अनुगमन निर्देशक हरिनारायण बेल्वासेले जानकारी दिए ।

भारतबाट कच्चा तेल र तेलजन्य कच्चा पदार्थ आयात कम भएको बाहना बनाएर उद्योगीहरुले तेलको मूल्य नियतवस बढाएको भन्दै सरकारले निगरानी बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.