gaur-ma-brihat-pradarshan

राकेश यादव, रौतहट, १६ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको संयुक्त आयोजनामा रौतहटको सदरमुकाम गौरमा बुधबार वृहत प्रदर्शन गरिएको छ ।

नेपाल सरकारद्वारा घोषित दंगाग्रस्त क्षेत्रको अवज्ञा गर्दै आन्दोलनकारीले निषेधित क्षेत्रमा प्रदर्शन गरेका छन् । स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्र तोड्दै आन्दोलनकारीले गौरको विभिन्न ठाउमा प्रदर्शन गरेका हुन् ।

गौर नगरपालिका क्षेत्र र गौर चन्द्रनिगाहपुर सडक खण्डको १ किलोमिटर दायाँ–बायाँसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । उक्त क्षेत्रमा ५ जना भन्दा बढी भेला हुन र नारा जुलुस गर्न प्रतिबन्ध लगाईए पनि मोर्चाका कार्यकर्ताहरु हजारांैको संख्यामा उपस्थित भइ निषेधाज्ञाको अवज्ञा गरेका छन् ।

नगरको विभिन्न ठाउँमा प्रदर्शनकारीले टायर बालेर शान्तिपूर्ण प्रदर्शन गरेका छन् । करिब २० हजारको संख्यामा विरेन्द्र राजमार्गको सवगढ़ाबाट निस्केको रैली नगर क्षेत्रमा प्रवेश गर्न खोज्दा बरहवापुल स्थित बसपार्क नजिक सुरक्षाकर्मीहरुले रोकेपछि प्रदर्शनकारीहरु बाटोमा नै धर्ना बसेका थिए । नगरको अन्य ठाउँवाट भित्र प्रवेश गरेका आन्दोलनकारीहरुले प्रदर्शन गरेका थिए ।

निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीले दर्जनौं राउण्ड अश्रु ग्याँस प्रहार गरेपछि स्थिति केहि बेर तनावग्रस्त बनेको थियो । प्रहरी र प्रदर्शनकारीबिच सामान्य विवाद भएपनि कुनै अप्रिय घटना भएन । प्रर्दशनमा मोर्चाआबद्ध राजनीतिक दलका नेता कार्याकर्ताहरुको पनि सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.