हुलाकी न्यूज, जनकपुरधाम २६ कार्तिक । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशबारे अनावश्यक टिप्पणी नगर्न गैरमधेशवादी पार्टीका नेताहरुलाई चेतावनी दिएका छन् ।

सिरहामा आयोजित दिपावली महोत्सव कार्यक्रमको उद्घाटन गर्न त्यसतर्फ जाने क्रममा जनकपुरधाममा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले एमाले नेताहरुप्रति लक्षित गर्दै मधेश र मधेश आन्दोलनबारे अनावश्यक टिप्पणी नगर्न चेतावनी दिएका हुन् ।

ठाकुरले अनावश्यक टिप्पणीले झन् मधेश भड्किने भएकोले यस्ता कुरा दोहर्याउँदै गए अवस्था विग्रिने चेतावनी दिए ।

ठाकुरले बीरगञ्ज घटनापछि वार्तामा शिथिलता आएपनि आफूहरु अझै वार्ता र सम्वादकै माध्यमबाट निकास खोज्न प्रतिबद्ध रहेको बताए ।

अनौपचारिका रुपमा सरकारी पक्षसित छलफल भईरहेपनि परिणाममुखी वार्ताका लागि जोड दिदै ठाकुरले प्रकृतिले नै पहाड र मधेश छुट्याएको अवस्थामा मधेशबारे अनावश्यक टिकाटिप्पणी गर्न नहुने बताए ।

आफूहरु मधेशभित्र थारु र मधेशीको गरी दुई प्रदेशबारे कन्सिडर गर्न तयार रहेपनि परिणाममुखी वार्ताका लागि सरकार तत्पर नरहेको गुनासो गरे ।

छठपछि आन्दोलनको स्वरुपमा परिवर्तन हुने सम्बन्धी सञ्चारकर्मीहरुको जिज्ञासामा ठाकुरले स्वरुप परिवर्तनबारे कुनै छलफल नभएको जिकिर गरे । मधेशमा जारी आन्दोलनलाई भारतसित जोडन नहुने बताउँदै उनले बिहारमा चुनाबी परिणाम आईसकेपछि मधेश आन्दोलनमा भारतीय भूमिका बारे राखिएको जिज्ञासामा ठाकुरले आन्दोलन मधेशी, आदिवासी, जनजाति तथा उत्पीडित समुदायको रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.