हुलाकी न्यूज,सर्लाही : सर्लाहीबाट १५ किलो लागुऔषध गाँजा टेम्पुसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा स्थानीय अटो चालक ४५ वर्षीय पुस्पबहादुर फुयाँल, ४० वर्षीय सुरेन्ऽकुमार बल र वडानम्बर १४ निवासी ४१ वर्षीय पाल्साङ पाख्रिङ छन् ।
लालबन्दी नगरपालिका वडा नम्बर १७ स्थित रानीगन्जबाट ज १ ह ४६०९ नं.को अटोमा सवार तीन जनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अटोमा राखिएको तीनवटा जेब्रा झोलाभित्र १५ किलो गाँजा बरामद भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।पक्राउ परेका बलको साथबाट नगद २५ हजारसमेत बरामद भएको उनले बताए ।
अटो, गाँजासहित तीनैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।



