हुलाकी न्यूज,जनकपुरधाम :प्रदेश नं २ काे अस्थाई राजधानी जनकपुर धनुषा ढल्केवरका पाँच बालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षर गरिएकाे डायरी बितरण गरिएको हो।

नेपालकाे सबभन्दा ठूलो विद्युत सवस्टेशनको उद्घाटन गर्न प्रधानमन्त्री ओली माघ १९ गते धनुषाको ढल्केवर आएका बेला उनको स्वागतमा खटिएका बालिकाहरुले प्रधानमन्त्री ओलीसँग ‘अटोग्राफ’ मागेका थिए। प्रधानमन्त्री ओलीले तत्काल ‘अटोग्राफ’ दिन सम्भव नभएकोले अटोग्राफसहितको डायरी नानीबाबुहरुलाई दिन्छु भनी वाचा गरेका थिए ।

सम्झनाको चिनो तथा प्रोत्साहन स्वरुप प्रधानमन्त्री ओलीले पठाएकाे डायरी उनीहरुले प्राप्त गरेका हुन्। डायरी शनिबार मिथिला नगरपालिकाको उपमेयर तारा लामा बस्नेतले बालिकाहरुलाई हस्तान्त्ररण गरेकाे छ ।

ओलीले आफ्नो हस्ताक्षरसहितको पठाइदिएको डायरी रितिका बास्तोला, कृष्टिना तिमिल्सिना, आश्रिया बास्तोला, आभिया बास्तोला, र अनुजा कार्कीलाई हस्तान्त्ररण गरेको उपमेयर बस्नेतले बताइन् ।प्रधानमन्त्रीको जीवनशैली व्यस्त भएपनि साना बालबालिकासँग खेल्न कुराकानी गर्न औंधी मनपाराउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.