हुलाकी न्यूज ,काठमाडौं : नेपालका इलाममा जन्मिएका दीपक जैसी ४० वर्षपछि भारतीय जेलबाट मुक्त भएका छन् । विना सुनुवाई ४० वर्ष कोलकत्राको दमदम कारागारमा रहेका जैसी आज मुक्त भएका हुन् ।
उनका काकाका छोरा भाइ प्रकाशचन्द्र तिम्सिनाले कोलकाताको दमदम केन्द्रीय कारागारमा सम्झौता पत्रमा हस्ताक्षर गरेपछि दुर्गाप्रसाद छुटेका हुन्।
कोलकातास्थित महावाणिज्य दूतावासका निजी सचिव सतिश थापाले तिम्सिना थुनामुक्त भएको जानकारी दिएका छन्।
उनलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको थियो।दीपक २०३७ सालदेखि इलामको एकतप्पास्थित उनको घरबाट हराएका थिए।



