हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाममा सिटीइभिटीको प्रश्नपत्र आउट गरेको भन्दै ५ जना पक्राउ परेका छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-४ स्थित भैरवचोकबाट उनीहरुलाई पक्राउ गरिएको छ।भैरवचोकस्थित एक फोटोकॅपी पसलबाट सिटिइभीटीको पश्नपत्र आउट गरी फोटोकॅपी गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्र बताए।
पक्राउ परेकाहरुको नाम भने प्रहरीले गोप्य राखेका छन् भने डिएसपी मिश्रले अनुसन्धानमा प्रभाव पर्नसक्ने भन्दै उनीहरूको नाम गोप्य राखिएको बताएका हुन् ।



