हुलाकी न्यूज,
काठमाण्डौं, २५ कार्तिक ।
सरकारले अहिले सम्म कुनै ठोस कदम नउठाएको भन्दै काठमाण्डौंमा रहेका विभिन्न जातजातीकाहरुले मंगलबार दिउसो सुतिरहेको कुम्भकर्णलाई जगाउन बसन्तपुरबाट बालुवाटारसम्म र्याली निकालेका थिए । सो र्यालीमा तराई, पहाड, हिमाली हामीसबै नेपाली , हिमाल, पहाड, तराई कोहि छैन पराई , जाऊ सरकार मधेश जाऊ भन्ने नाराका साथ र्याली सम्पन्न गरेका थिए ।
सरकारसँग मधेशका जनताका माग पूरा होस भन्ने समर्थन जनाउदै असहज परिस्थितिको बारेमा चर्चा परिचर्चा गरि बसन्तपुर देखि बालुवाटारसम्म गई र्याली सम्पन्न गरे । मंगलबार निकालिएको र्यालीमा काठमाण्डौं बासी र त्याहा बसोबास गरेका जनताले सरकारको कमजोर भूमिकाको कारण तराई आन्दोलनले आम मानिसको जनजीवन प्रभावित भइरहेको दोष समेत लगाए । हामी नेपाली, नेपालको जुन भूगोलमा भए पनि सधैँ एक थियौं र एक नै छौँ। एउटै आमाका सन्तान हामी, घर मात्रै बेग्लाबेग्लै छ, हाम्रो रगत एउटै हो भनि सर्मथन जनाए ।
तीन महिना देखि आन्दोलन साथै दुई महिना देखि नाकाबन्दीले देशको भूगोल ठप्प छ भने त्यहि देशको अर्को भूगोल अस्तव्यस्त छ। एउटा भूगोलमा स्कुल बन्द, बजार बन्द, कारखाना बन्द, हजारौं जनता दिनदिनै सडकमा छन् भने अर्कोमा स्कुल बन्द, कारखाना बन्द, हजारौं जनता पेट्रोल, डिजेल, ग्याँसको लाइनमा छन्। मिहेनतको काम गरि खान्छौं, हामीलाई गरि खाने वातावरण देउ सरकार । घरमा खाना पकाउने ग्याँस छैन, तेल पनि बजारमा छैन। दैनिकी चल्न धौ धौ भैसक्यो सरकार। खालि पेट राष्ट्रियता झल्कदैन। सरकार तिमी तराई जाऊ, हाम्रो दाजु भाइ दिदि बहिनीलाई माया र सम्मानले सम्बोधन गर।
तराईका जनताले मागेका माग हरु जायज भाको नभाको प्रस्ट पारि देशको एउटा भू भागमा भै रहेको अस्तव्यस्त वातावरण चाडैं रोक्न सकारात्मक र दिर्घकालिन पहल गर। हाम्रो वर्षौको मिहेनत पछि बनेको यो जनताको संबिधान लागु गरि हामीलाई सम्बृद्धि तर्फ लग।
देशकै अर्थतन्त्र डामा डोल भैसक्यो, तराई, पहाड, हिमाल जहाँ भए पनि काम नगरी खान पाइंदैन त्यसैले मिहेनतको काम गरि खान्छौं, हामीलाई गरि खाने वातावरण देउ सरकार । सरकार हामी सबैलाई समधान देउ भन्दै काठमाण्डौ बासीले सरकारसँग अपिल गर्दै शान्तिपूर्वक र्याली सम्पन्न गरिएका थियो ।
नेता मधेश जाऊ !



