हुलाकी न्यूज,जनकपुरधाम : देशमा एक करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम गरिएको छ भने प्रदेश २ मा २९ लाख १० हजार ७७ जना मतदाता कायम भएको निर्वाचन आयोगले जनाएका छन्।

गत माघ १५ गतेदेखि सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक तथा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रम सम्पन्न भएसँगै मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको हो।आयोगका अनुसार प्रदेश २ मा सबैभन्दा बढी सर्लाहीमा मतदाता कायम गरिएको छ ।

सर्लाहीमा ४ लाख १३ हजार १ सय ७४, धनुषामा ४ लाख ९ हजार ९ सय ८५, बारामा ३ लाख ७२ हजार ९ सय ५८, सप्तरीमा ३ लाख ५५ हजार ६ सय ९१, सिरहामा ३ लाख ६४ हजार १ सय ७१, महोत्तरीमा ३ लाख ३६ हजार ९५, रौतहटमा ३ लाख ५८ हजार ३ सय ५५ जना मतदाता कायम गरिएको आयोगले जनाएको छ ।

मुलुकभर १० हजार ६६० मतदानस्थलमा आबद्ध गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ।आयोगबाट गत पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र सोही मितिसम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाता नामावली अद्यावधिक गरिएको छ।मतदाता नामावली ऐनमा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने व्यवस्थाअनुसार गत पुस ६ गतेदेखि स्थगन गरिएको थियो ।आयोगका अनुसार स्थगन भएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिकसम्बन्धी कार्य अब बिहीबारदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिकसम्बन्धी कार्य सञ्चालन हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.