हुलाकी न्यूज, काठमाडौं १६ भदौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल सरकार जातीय नरसंहारमा लागेको आरोप लागएका छन् । उनले नेपालमा काला वर्णका मानिएका मधेशीहरुको नरसंहार नेपाल सरकारले गर्न लागेको बताउँदै अन्तर्राष्ट्रिय अपराध भएको दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले नेपाल सरकारले एक जातीको नरसंहार गर्न लागेकोले यस मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लग्ने बताए ।

यादवले भने,‘नेपाली शासकले मधेशी जातीको नरसंहार गर्नमा लागेको छ । बीरगंजमा घरघरमा पसेर महिलाहरुलाई कुटपिट गरिएको छ । आन्दोलनकारीहरुको टाउकोमा ताकेर गोली हानिएको छ । सरकारले गरेको यस अपराधलाई अन्तर्राष्ट्रिय अदालतबाट सुल्झाउनु पर्नेछ ।’

गोली खाँदै वार्तामा जाँदैनौं

पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सरकारले एकातर्फ वार्ताको लागि अनुरोध गरेको र अर्कोतर्फ मधेशीलाई गोली हान्दै गरेको अवस्थामा वार्ता नहुने बताएका छन् ।

यादवले सरकारले पठाएको पहिलो पत्रको आफूहरुले जवाफ फर्काको बताउँदै भने, ‘हामीले पहिलो पत्रको जवाफ फर्काइ सकेका छौं त्यस पत्रको पालना नगरी अर्को पत्र सरकारले पठाएको छ । सरकारलाई पुनः हाम्रो त्यही जवाफ हुनेछ ।’

अध्यक्ष यादवले नेपाली मिडियामा आए जस्तो आफूहरु वार्ताका लागि काठमाडौं नआएको प्रष्ट पार्दै पार्टीको कामले आएको दाबी गरे ।फाईल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.