हुलाकी न्यूज, काठमाडौंः
जनता समाजवादी पार्टी (जसपा)का सांसद रेशम चौधरीलाई जेलबाट रिहा गराउने प्रक्रिया अगाडि बढेको छ।

टीकापुर विद्रोहमा मुछिएका अन्य थारु नेता तथा कार्यकर्ताहरुको सम्पूर्ण मुद्दाका कागजातहरु जिल्लाबाट गृहमन्त्रालयले झिकाउन थालेको हो।

सरकारसँग वार्ताका लागि गठित समितिका सदस्य लक्ष्मण लाल कर्णका अनुसार सरकारले टीकापुर विद्रोहमा मुछिएका व्यक्तिहरुको कागजात झिकाउने काम अगाडि बढेको छ।

हुलाकी न्यूजसँग कर्णले भने ‘प्रक्रिया अगाडि बढेको छ, निष्कर्षमा पुग्न समय लाग्नेछ।’

टीकापुर विद्रोहका मुख्य आरोपित भनिएका सांसद रेशम चौधरीका विषयमा कानुनी परामर्स तथा प्रक्रिया पनि अगाडि बढेको जनाइएको छ।

यता गृहमन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले भने उक्त विषयमा अनभिग्यता जनाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समर्थनका लागि जसपाले रेशम चौधरीको रिहाइसहित टीकापुर विद्रोहका सम्पूर्ण मुद्दा फिर्ता तथा लाल आयोगको प्रतिवेदन सार्वजनिकको माग गर्दै आएको छ।

साथै संविधान संशोधनलगायतको विषय उठाउँदै आएको छ। जसपाको माग बमोजिम सरकारले सांसद चौधरीको रिहाई र आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रक्रिया अगाडि बढाएको हो। तस्वीरः थारुवान

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.