राजेश सिंह
विशेषगरी नेपालको खस शासकवर्गहरुका लागि बहुप्रतिक्षित बनेको बिहारको विधानसभाको चुनावको मत परिणाम आएको छ। मत परिणाम उनिहरूको अपेक्षा अनुसारै आएको देखिन्छ । तर, मत परिणाम उनिहरुकै अपेक्षाअनुसार आएपनि उनिहरु मात्तिहाल्नुपर्ने र मधेशीहरु आत्तिहाल्नुपर्ने अवस्था पक्कै देखिदैन । वास्तवमा हेर्नेहो भने बिहारको निर्वाचनको परिणम र मधेशको आन्दोलन र नाकाबन्दीबीच कुनै तालमेल देखिदैन् । तर पनि विशेषगरी काठ्माण्डौको खस शासकवर्ग र त्यसका मतियारहरुले मधेश आन्दोलन र मधेशीहरुले कुम्भकर्णको निन्द्रामा सुतेको नरभक्षी सरकारलाई बिउँझाउनको लागि गरेको नाकाबन्दीलाई बिहारको निर्वाचनमा भएको मोदिको अप्रत्यासित हारसंग जोडेर हेरेको पाईन्छ । जुन कुनैपनि आँखाले उचित छैन् ।
बिहारको जनादेश
निर्वाचनकोलागि विशेषतः दुईवटा गठबन्धन बनेको थियो । पहिलो गठबन्धन भारतीय जनता पार्टी र केहि साना दलहरुको भएपनि यसको मुख्य पात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीनै थिए । दोश्रो गठबन्धन अवसरवादीहरुको थियो जसलाई ूमाहागठबन्धनूको नाम दिईएको थियो । जुन बिकासवादी छवि बनाएका नितिश कुमार र विनाशवादी छविको लालु यादव जस्ताको विल्कुल विपरीत छविको गठबन्धन थियो । एउटाले आफ्नो कार्याकालभरी शिष्ट सुशासन र अर्कोले गुण्डागर्दीको प्रस्रय दिएको ईतिहास साक्षी छ। यिनीहरुले जुन सुकै परिवेशमा गठन्धन बनाएको भए पनि यसलाई अवसरवादी र अप्राकृतिक गठबन्धन बाहेक अरु केहि भन्नसकिदैन्।अन्ततः गठबन्धन जस्तो सुकै नराम्रो भएपनि बिहारको जनताले अवसरवादी र अप्राकृतिक गठबन्धनलाई नै आफ्ना जनमत दिएको छ । त्यसमा पनि विशेषगरी विकासको साट्टो विनासको, सुशासनको साट्टो गुण्डागर्दीको र सदाचारको साट्टो भष्टाचारको राजनीति गर्नेलाईनै सबभन्दा बढी विश्वास गरेका छन् ।
बिजेपीले चुनाव हार्नुमा विशेषत उसको धर्म प्रतिको कटरपंथी प्रवृति, धार्मिक असहिष्णुता, र आर।एस।एस।को प्रमुख मोहन भागवतले आरक्षणको बारेमा दिएको अनर्गल वक्तब्य देखि लिएर मुस्लिम समुदायलाई पाकिस्तानसंग जोडेरे प्राचार गर्नु नै हो। आफ्नो देशको जनतलाई अरुदेशको कित्तामा बलजब्दि धकेल्न खोज्दा कस्तो परिणाम आउदोरहेछ भन्ने कुरा विशेषत असहिष्णु ओलिले राम्ररी पाठसिक्नुपर्ने देख्निन्छ । यसैले भन्न सकिन्छ जहाँ जाति, धर्म र नस्लवादको राजनीतिले स्थान पाउछ, त्यहाँ विकासको राजनीति ओझेलमा पर्छ, जुन आज बिहारको मत परिणामले छर्लङ्ग पारिदिएको छ । बिजेपीको धार्मिक कटरवादको खोलमुनि मोदीको विकासको मुद्दा गुट्मुटिनपुगेको देखिन्छ ।
तर आँखाको लेन्सलाई अलि विशेष जुम गरेर हेर्नेहो भने बिहारको निर्वाचनको मत परिणामले बिहारको जनताको उज्जवल भविष्यको संकेत गरेको देखिदैन्।माहागठबन्धको भोट परिणाम हेर्ने हो भने लालुको पार्टीले ८०, नितिशको पार्टीले ७१ र काँग्रेसले २७ सिटमा जित प्राप्त गरेको छ।सन् २०१०को चुनावको आकडालाई हेर्ने हो भने लालुको २२ सिट, नितिशको ११५सिट र काँग्रेसको जम्मा ४ सिट थियो । यसकारण, यस परिणामले लालु र काँग्रेसलाई ठुलो उपलब्धि प्राप्त भएपनि नितिशलाई ठुलो घाटा भएको देखिन्छ। यसरी लालुलाई एक्कासि प्राप्त भएको यत्रो लाभले उसमा फेरी गुण्डाराज र भ्रष्टाचारको उनमाद आउने लगभग पक्का छ र अर्को कुरा उसले विरासतको राजनीतिको बाटो बनाउनकोलागि आफ्नो दुईजना नवविधायक छोराहरूलाई शासन सत्तामा लन्चगर्नुपर्नेछ । यी सबै कारणहरुले अहिले केहि दिनकोलागि नितिशलाई वाचा गरिसकेकोले उसलाई मुख्यमन्त्री बन्नबाट नरोकेपनि उसलाई बन्दकोठा भित्र धेरै समझौताहरु गर्न बाध्य पार्ने सक्ने समभावना धेरै देखिन्छ र सोहि समझौता अनुरुप शासन नितिशलाई सुम्पेपनि शासनको लगाम आफ्नो हातमा राख्न खोज्ने छ , अनि नितिशलाई आफ्नो गुण्डाराजको कार्यक्रमहरु पास गर्न बाध्य पार्न खोज्ने चेष्टा गर्नेछ ।
यद्यपि नितिशको स्वच्छ, शिष्ट, र विकासवादी छविको साथै लालु र नितिशको विगतको समबन्धलाई हेर्दा उसले लालुको अनुचित दवाव सहन सक्ने समभानवा धेरै कम देखिन्छ ।यसर्थ, भन्न सकिन्छ कि यो लालु र नितिशको अवसारवादी र अप्राकृतिक गठबन्धन धेरैदिन टिकने देखिदैन् । यसरी, बिहारमा मध्यावधि निर्वाचन हुन सक्छ होईन भने विकासको मुद्दामा मोदी र नितिशको पनि गठबन्धन बन्नेकुरालाई नकार्न सकिदैन् । खैर, भविष्यमा जे भएपनि हालकोलागि यति चाँहि पक्का भन्न सकिन्छ की यस मत परीणामले बिहारको जनतको भविष्य उज्जवल हुने संकेत देखिदैन भने नेपालको जनता विशेषगरी पहाडी खस-शासकवर्गको चुल्होमा के उज्यालो होला र १
नाकाबन्दी र मधेश आन्दोलन
सर्वप्रथम त नवमाओ ओली र उसको जम्बो भजन(मंडलिले यो नाकाबन्दि नै हो भन्ने आँट गर्नु पर्यो होईन भने आफ्नो छाडा उपहरुको मुखमा बुजो ठेस्नु पर्यो ।आफुले पनि नाकाबन्दि भन्न नसक्ने र भारतले पनि नाकाबन्दी भन्न नसकेको स्थितिमा नाकाबन्दी कसले गरेको हो भने ठम्याउन नसक्ने कस्तो संवेदनहिन टुके राज हो, ओलि । खुल्लेआमरुपमा मधेशीले हाँकदिरहेको छ की यो नाकाबन्दी मैले गरेको हुँ मैले, यति हुँदा हुँदै नाकाबन्दी भारतले नै गरेको हो भन्नु भन्दा हाँस्यस्पद कुरा के होला यो दुनियामा । यसर्थ, माखे ओलीले बुझ्नुपर्यो की नाकाबन्दी र मागहरु सबै मधेशीको आफ्नै हो कुनै आयातित होईन् । आयातित कै कुरा गर्ने हो भने नेपालमा मैले अहिलेलाई दूईवटा कुरा मात्र देखेको छु त्यो ओलिको दूईटै किडनी फेर्दा लागेको भारतीय सरकारको पैसा र सिसौटाको माहान्त्रीको पद ।
नाकाबन्दी विशुद्ध मधेशी जनता र पार्टीहरुको कार्यक्रम हो जुन सर्वासाधारण नेपाली जनतलाई दुःखदिने नियतले होईन की कुम्भकर्णको निन्द्रामा सुतेको सरकारलाई बिउँझाउन दवाव दिनकोलागि मात्र हो । यसरी चीर निन्द्रामा सुतेको सरकारलाई उठाउने काम अब मधेशी जनताले मात्र गरेर संभव छैन्, अब बेला आएको छ सम्पूर्ण जनता बाटोमा उत्रने, होईन भने मधेशी र भारतलाई मात्र सत्तोसराप गरेर मात्रै पक्कैपनि चुल्होमा आगो बल्ने छैन्। अब समपूर्ण नेपाली जनताले बुझ्नुपर्ने बेला आएको छ की खोक्रो राष्ट्रियताको हाऊ(गुजि देखाएर अब जनता ठगन सकिदैन्। साईकल चढ्ने र छिमेकीसंग लडाईगर्ने हावादारीकुरा गर्ने ती बकमफुसे नेताहरूलाई अब सोध्नुपर्ने बेला भएको छ की जनता दिन(दिनै सडकमा हिडदै गर्दा तिमी कति दिन साईकल चढ्यौ र छिमेकीसंग लड्न कसलाई पठाउँछौ तिम्रो सन्तानलाई की जनताको सन्तालाई रु युद्धको नाममा १७००० मार्यौ र आफ्नो ९सु०पुत्र बचायौं अब फेरी कति जनालाई मार्ने योजना छ, तिम्रो रु
नाकाबन्दि भारतले गरेकोहो भन्नेहरुले बुझ्नु जरुरी छ कि जसरी २००७, १९, ४६, माओवादी जनयुद्ध, २०६३(६३ मा भारतले पहाडी खस(आर्यको आन्दोलनलाई सहयोग र समर्थन गरेका थिए र उनिहरुले सहर्स स्वीकार गरेका थिए हो ठिक त्यही मापदण्डको दायरामा अहिले भारतले मधेशीहरुको आन्दोलनमा सहयोग र समर्थन गरेकोछ र मधेशीले त्यसरीनै स्वीकार गरेको पनि छ, जसरी पहाडी खस(आर्यहरुले गरेका थिए । मधेशीको आन्दोलनलाई भारतले सहयोग र समर्थन गर्नु अर्को दुई कारणपनि छ । पहिलो, तत्कालिन खस(पहाडी सत्ताले २०६३(६४मा मधेशीसंग संझौता गर्दा भारतलाई पञ्च बनाएको थियो र अहिले यो संझौताको पालन गर्नबाट मुख फरेको छ । यति कुनै पञ्चले संझौता गराउछ र त्यसमध्ये एक पक्षले संझौता मान्दैन भने यो संझौता मान्नलाई बाध्य पार्ने काम पञ्चको हुने भएको ले त्यही भुमिका मात्र निभाएको हो भारत अहिलेको माधेश आन्दोलनमा सहयोग गरेर। दोश्रो, यदि आफ्नो बोडरमा बस्ने समुदाय र लग्तै बोडर पारीको सुमुदाय एउटै भएको खण्डमा सबलदेशले अबलदेशको सो सुमुदायको हक, हित र अधिकारको संरक्षण गर्नु उसको उतरदायित्व हुन्छ । होईन भने केहि गडबस भएको खण्डमा शरनार्थीको भार बोक्नुपर्ने संभावना धेरै हुन्छ । जुन नेपाली भाषि भुटानीको समस्या नेपाल आफैले अनुभव गरिसकेको छ। हो मधेशी आन्दोनको केशमा यहि दायीत्वको निर्वाह मात्र गरिरहेको छ भारतले । जसरी भुटानमा नेपाली भाषिको सशस्त्र संघर्षलाई सहयोग गर्न स्व। गिरीजा प्रसाद कोईराला काँग्रेसको तर्फबाट जानु भएको थियो।
मधेशीले गरेको नाकाबन्दिलाई भारतको जामा पहिराएर यो सरकारले समस्यालाई झन जटिल बनाईदिएको छ। मधेशीसंग कुरा गरेर टुंग्याउने कुरालाई अन्तराष्ट्रियकरण गरेर अझ बल्झाउने भूमिका निर्वाह गरेको छ ।बोडरमा सर्वसाधारण युवाको हत्या गरी भारतलाई उत्तेजित गराएर देश भित्रको कुरालाई संयुक्त राष्ट्र संघसम्म पुर्याउने काम गराएको छ। भेडा समुह जस्तै बनाएको उपहरुको छाडा भाषणले झन समस्यालाई चर्काउने काम गरेको छ ।
यसरी अन्तराष्ट्रियकरण भैसकेको समस्यामा सबै पक्षले खेल्ने मौका पाउने भएकोले यो समस्याको सामाधान अब दिन प्रति दिन झन(झन जटिल हुदैगएको महशुस हुदैछ । जटिल हुदै गएपनि सरकार सामाधानकोलागि केहि ठोस पहल गरेको देखिदैन् । अझ, एका तिर वार्ताको नाटक गरे झै गर्छ र अर्को तिर शान्तिपूर्ण धर्नामा बसेको जनतलाई रातारात डकैतको पाराले कुट(पिट गरी आगो लगाउने काम गर्छ। यो कस्तो पहल हो समस्या सामाधानको रु एका तिर आफ्नै देशको जनतासंग बार्ताको नाटक गर्छ अर्को तिर समस्या संयुक्त राष्ट्र संघमा पेश गर्छ, यो कस्तो ईमानदारीता हो वार्ता प्रति रु
यसर्थ, भन्न सकिन्छ कि सरकार वास्तवमा वर्ता गर्न चाहेकै छैन, उ वर्ताको नाटक मञ्चन गरेर आन्दोलनकारीलाई थकाएर आन्दोन तुहाउन चाहन्छ।
यदि सरकारले सोच्छ की बिहारमा सत्ता परिवर्तनले मधेशको आन्दोलनमा भारतीय जनताको सदभाव र समर्थन घट्छ भने त्यो दिवा स्वपन सावित हुने छ किन भने यसका तीन वटा कारण छ । एक, मधेशीलाई मोदी भन्दा धेरै लालु र नितिशले चिनेकाछन् ।दुई, बिहारको जनतालाई यो फासिष्ट ओलि सरकारले हत्या गरेको छ । र तीन, भारतको राजनीतिमा विदेशनीति केन्द्र सरकारलको हातमा हुन्छ र त्यो सिस्टम त्यहाँका मुख्य मन्त्रिहरुले उलंघन गरेको देखिदैन् । अर्को कुरा, यदि सरकारले सोच्छ की बिहारको हारले मोदी विछिप्त भएर नीति परिवर्तन गर्ला त्यो सोचाई पनि पानी फोका सरह हुने देखिन्छ किन भने मोदी विछिप्त भएर झन कडा नीति अख्तियार गर्ने धेरै सम्भावना छ र आफूलेनै अन्तराष्ट्रियकरण गरेको विषयलाई त्यतिकै तुहाईदेला भन्ने सोच्नु मुर्खता सिवाय केहि हुने छैन् ।
सामाधान र मधेश आन्दोलनको भावी दिशा
समस्या मधेशमा छ । लेन(देन मधेशीसंग गर्नुपर्छ न कि छिमेकी देशहरुसंग । मधेशीको भेष(भुषा, बोलि(चालि, रहन(सहन र बेटि(रोटिको समबन्ध भारतको युपी र बिहारको बासिन्दासंग मिल्छ भन्दैमा, मधेशीको समपूर्ण मागलाई भारतसँग जोडेर हेरेमा हामी कतै पुग्दैनौ ।त्यसकारण, सरकारले मधेशीसंग नै सार्थक र ईमान्दार वार्ता गर्नुपर्छ, वार्ताको नाममा नाटक मञ्चन गर्नु हुदैन् । नोक्सान धेरै भईसकेको छ अव यो भन्दा बढि नोक्सान न देशले धान्न सक्छ न जनताले ।जति सक्यो छिटो वार्ताबाटै समस्या समाधान गरी संविधान संसोधन गर्नेकाममा विलम्व गर्नु हुदैन् ।
यदि सरकारले अब पनि वार्तामा ढिलाई र आनाकानी गर्ने मनसाय लिन्छ भने तिहार र छठ पर्व लग्तै मधेशको आन्दोलन त्यो डिस्कोर्समा प्रवेश गर्ने देखिन्छ जहाँ वर्ताको कुनै ठाँउ हुदैन्। जसरी पहाडी खस(शासकले आफ्नो लागि एकलौटीरुपमा संविधान लेखे त्यसरी नै मधेशले पनि आफ्नो संविधान आफै लेख्ने बाटो पहिल्याउने छ ।यसकोलागि मधेशी युवाहरू मांसिक, शारीरिक, र आर्थिक सबै तरीकाले तयार भएको देखिन्छ । नेपाल सम्बन्धि बिज्ञ तथा जवाहरलाल नेहरु युनिभर्सिटीका ईमेरिटस प्रोफेसर एस।डी मुनिले भन्नु भए जस्तै पहिलेका धोतिलाउने भनि हेपिएका मधेशीहरुलाई सचेत, जागरूक, र बलिदान गर्न लालायीत जिन्स पाईन्टमा सजिएको यूवाहरु स्थान्नतरण गर्न तम्तयार भएको देखिन्छ । यदि सरकारी दलालहरुले मधेशका गाँउ गाँउमा विभेदकारी संविधानलिएर यसरीनै प्रपोगान्डाहरु फैलाउने चेष्टा गरीरहेमा, अहिले एक जना क्यामब्रजिका बिद्यार्थी सि।के। राउतले अलग राष्ट्रको अभियान चलाए झै हजारौं सि।के। राउतहरु हार्वाड, जे।एन।यु, डु।यु जस्ता विद्वान उत्पादन गर्ने कारखानाबाट आएर उसको अभियानलाई अपनाएमा कुनै आश्चर्य मान्नु पर्दैन् ।
यदि साच्चै नै पहाडी खस(शासकहरुले आफ्नो छिमेकी फेर्न खोजेकै हो भने त्यो कसैको हितमा हुने छैन्।यसरी मधेशी, थारु, जनजातिहरुलाई हेपेर, थिचेर, मिचेर राख्नखोजनु कतैपनि देशको एकता र अखण्डताको पक्षमा हुदैन्।यस्तोको परिणाम के हुन्छ भन्ने कुराको उदाहरण धेरै टाढा खोज्न जानै पर्दैन हार्मै छिमेकमा धेरै पाईन्छ ।
यसरी, मोदीको हार र लालुको जितमा दिपावली गर्ने र समाजिक सञ्जालको भित्तामा रंग पोत्नेहरुले बुझ्नु जरुरी छ, लालुको जितले हैन मधेशीको जितले मात्र काठमाण्डौको चुल्होमा आगो बल्ने छ । हैन भने काठ्माण्डौको समपूर्ण जनताहरु सडकमा आएर कुम्भकर्ण सरकारलाई सत्ताच्युत गर्नु भन्दा अर्को विकल्प छैन।अन्तिम फैसला काठमाण्डौं बासिले नै गर्ने हो, सोच्चौं।



