हुलाकी न्यूज,

काठमाण्डौं, २४ कार्तिक ।

रास्ट्रिय मुस्लिम संघर्स गठबन्धन धनुषाले सोमबार जनकपुरमा मधेसी जनताको हक, अधिकारको लागि थालिएको आन्दोलनमा समर्थन जनाउदै बिशाल बिरोध एक्यवद्धता रैली निकालेको छ ।

जनकपुरको पागलाबाबा चोकबाट सुरु भएको सो रैली जानकी चोक, सोनारपट्टि, राम चोक, भानु चोक, शिव चोक, जनक चोकमा गएर कोणसभामा परिणत भएको थियो र कोणसभालाई सम्बोधन गर्दै गठबन्धन धनुषाका संयोजक इजराइल रिज्विले हक, अधिकारको आन्दोलन यति लामो भई सक्दा पनि सरकारले कुनै किसिमको सम्बोधन नगर्नु दुखद रहेको बताए । आन्दोलनले मधेश मात्र हैन अब सिङ्गो नेपाल प्रभावित रहेको अवस्थामा सरकार मौन भएर बसेको उनले आरोप समेत लगाए ।

रास्ट्रिय मुस्लिम संघर्स गठबन्धनका सचिव इद मोहम्मद साफी(जानी खान) ले भने ‘मधेशको जायज मांगलाई वार्ता तथा सम्वादको माध्यमले समाधान गर्नु सरकारसंग जोरदार मांग गरेका छौ । साथै उनले धन्यबाद ज्ञापन र कोणसभालाई समापन गरेका थिए’ ।

कार्यक्रममा गठबन्धनका केन्द्रिय सदस्य असगर अलि, तमोलोपका केन्द्रिय सदस्य हाकिम राईन, साजिद हुसैन, जिल्ला सदस्य मोहम्मद रियाज साफी लगायतले मन्तव्य दिएका थिए । लामो समय देखि चलिरहेको जारी आन्दोलनमा मुस्लिम गठबन्धन विभिन्न प्रकारका विरोधका कार्यक्रम गर्दै आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.