हुलाकि न्यूज,जनकपुरधाम : सप्तरीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १२ जनाभन्दा बढी घाइते भएका हुन्।

तिब्र गतिका कारण अनियन्त्रित भई बोदेबर्साइन नगरपालिका–३ गौरा स्थित सगरमाथा डेरीको वालमा ना १ ज ८९३८ नम्बरको विङ्गर ठोकिँदा १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा बोदे बर्साइन नगरपालिका ८ काचनका ४५ वर्षीय बच्चालाल दास र २९ वर्षीय देवनारायण दास गम्भीर घाइते भएका छन् ।

यी दुईजनाको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बिष्णुपुर गाउँपालिका–१ बाट जन्ती बोकेर गएको गाडी बोदे बरर्साइन नगरपालिका–८ काचनतर्फ फर्किने क्रममा सो दुर्घटना भएको हो ।

दुर्घटनामा २३ वर्षीय रबिनकुमार दास, ५० वर्षीय राम दास, ३५ वर्षीय शिवकुमार दास, २२ वर्षीय शंकर साह, २५ वर्षीय विजयकुमार यादव, गाडी चालक २५ वर्षीय मुकेशकुमार चौधरी, ३० वर्षीय जयप्रकाश साह, २३ वर्षीय चन्देश्वर साह, १७ वर्षीय तेजकुमार दास, १८ वर्षीय दीपककुमार यादव, सोही उमेरका कृष्णकुमार दास, १९ वर्षीय उमेशकुमार यादव घाइते भएका छन् ।घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.