हुलाकी न्यूज,जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ट्ङ्गालको बिशेष टोलीले ५० हजार घुस रकमसहित हेटौंडामा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागमती प्रदेश पर्यटन बिकास आयोजनाका सब ईन्जिनियर नेत्र लामिछाने रहेका छन् । उनलाई शुक्रबार (आज) दिउसो हेटौंडास्थित पर्यटन विकास आयोजना कार्यालय परिसरबाट घुस रकमसहित रङ्गेहात पक्राउ गरिएको हो ।



