हुलाकी न्यूज, काठमाडौं, २३ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारसँग सोमबार हुने भनिएको वार्तामा बस्न अस्विकार गरेको छ । वीरगंजमा प्रहरीले गरेको दमनपछि मोर्चाले तत्काल सरकारसँग कुनै वार्ता हुन नसक्ने जनाएको हो ।

त्यस्तै वार्ताको लागि तोकिएको सोमबारको ठिक एक दिन अगाडि सप्तरीमा प्रहरीले प्रदर्शनकारीमाथि गरेको ज्यादती र दमनले वार्ताको वातावरण बिगार्न थप बल पुगेको मोर्चाको ठहर छ ।

मोर्चाले वीरगंज घटनाका लागि सरकारले माफी नमागेसम्म वार्तामा नबस्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.