हुलाकी न्यूज,सर्लाही : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तरता अब स्वीकार्य नरहेको बताउनु भएको छ ।

नेपाल प्रेस युनियन सर्लाही शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले अब प्रधानमन्त्रीलाई बिदा गर्नेतर्फ काँग्रेसका नेता कार्यकर्ता लाग्नुपर्ने बताउनु भयो ।

पहिले सरकारमा जाने नजाने भन्दा पनि सरकार कसरी हटाउने भन्नेमा अब काँग्रेसले ध्यान दिनुपर्ने तथा प्रधानमन्त्रीलाई निरन्तरताबाट हटाउनेतर्फ लाग्नु पर्नेमा नेता थापको जोड छ ।

यसको लागि काँग्रेसका कार्यकर्ताले अरुको मुख ताक्नु भन्दा आफैंले भएपनि अविश्वासको प्रस्ताव ल्याउन अग्रसर हुनुपर्ने उहाँको भनाई छ ।

थापाले यो बेलामा काँग्रेस सरकारमा जाने हतारो गर्नुभन्दा पनि संविधान रक्षाकै निमित्त उभिन जरुरी रहेकोमा जोड दिनुभयो ।

एउटा फरक प्रसंगमा नेता थापाले यदि साँच्चिकै देश विकास गर्ने हो भने देशको प्रधानमन्त्री बन्नु भन्दा पहिले पाँच वर्षको लागि जनताले देश चलाउन कुनै पनि पार्टिलाई म्यानडेट दिए हुने र देश विकास गर्न प्रधानमन्त्री बनेको दिनदेखि बाहिरिने दिन सम्मको तालिका बनाएर लागे मात्र देश विकाश हुने बताउनु् भयो ।

त्यसका लागि जिम्मेवारी लिने व्यक्तिले कुनै पनि निर्णय लिनु अघि गम्भिर भएर सोच्न आवश्यक रहेको उहाँले जोड दिनुभयो ।

तालिकाविहीन रुपमा काम गर्दा दुर्घटनामा पर्ने तथा गन्तव्यविहिन यात्रा गर्दा बाटैमा अलमलिने अवस्था आएको थापाको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.