रंजन भण्डारी, जलेश्वर, २३ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आउन लागेको दिपावली र छठ पर्वलाई मध्यनजर गर्दै आन्दोलन केहि खुकुलो पारेको छ भने किसानलाई राहत स्वरुप १५ लिटर डिजल ल्याउन मोर्चाले छुट दिएको छ ।
आईतबार बसेको मोर्चाको बैठकले आउन लागेको दिपावली र छठ पर्वलाई समेट्दै पाँच वटा निर्णयहरु गरेको छ । मोर्चाले प्रेस विज्ञप्ति जारी गरी स्थानीय आन्दोलन परिचालन समितिको निर्णयमा किसानले १५ लिटर डिजल ल्याउन पाउने, नाकाबन्दी एवं सरकारी कार्यालय बन्दलाई अझ सशक्त बनाउने, कार्तिक २९ गते मोटरसाईकल र्याली निकालिने, मंसिर ३ गते विरोध र्यालीको आयोजना गर्ने र १ गतेसम्म स्थानीय बजार खुकुलो पार्ने एवं वित्तिय संस्था सोमबारदेखि २ दिनको लागि खोल्न दिने निर्णय गरेको जनाएको छ ।
महोत्तरीका ग्रामिण र सीमाक्षेत्रमा मोर्चाको सक्रियतामा स्थानीयहरुले कालोबजारी नियन्त्रण गर्न सशक्त बनाएको नाकाबन्दी प्रभावकारी भएको र हजारौं लिटर पेट्रोलियम पदार्थ, पटाखा, ईलेक्ट्रोनिक्स सामानलगायतका जफत गरी नष्ट गरिएको बताउँदै मोर्चाले सो कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ ।
हाल महोत्तरीको भिठामोड, मटिहानी, सरपल्लो, पिपरा, एकडारा, मनरा, सम्सी, सांढालगायत विभिन्न स्थानमा मोर्चाले कडाई गरि लाखौ मुल्य बरावरको सामान जफत गरि नष्ट गरिसकेको छ ।





Every where petrol and diesel in tarai secter from Indian dog.Nepal may Petrolium kavi nahi kum hoga jab tak Indian kuttey gher gher may pahuchatay rahrngay, in kamino ko koe sharm nahi hai.